चितवन / नेपाल बसोबास बस्ती संरक्षण समाज नेपालले नयाँ आयोग गठन गरेर नभई फास्ट ट्रयाकबाट लालपुर्जा दिन माग गरेको छ । समाजले शनिबार चितवनमा पत्रकार सम्मेलन गरी सरकारी ढुकुटी मात्रै दोहन गर्ने तर सुकुम्वासी सधैँ लालपुर्जा विहिन बनाउने आयोग गठन नगर्न भन्दै छिटोभन्दा छिटो लालपुर्जा दिन माग गरेको हो ।
हरेक राजनीतिक दलहरुले सुकुम्वासीलाई लालपुर्जा दिन्छु भनेर घोषणा पत्रमा भन्ने तर व्यवहारमा कहिल्यै काम नगर्ने वारे आफूहरु जानकार रहेको भन्दै अव पहिला लालपुर्जा अनि बल्ला भोट दिने समाजका केन्द्रीय अध्यक्ष कुमार कार्कीले बताए । २०१३ देखि २०४६ सालसम्म ८ वटा र २०४६ पछि अहिलेसम्म १५ गरी २३ वटा भुमि सम्वन्धी समस्या समाधान गर्न आयोग गठन गरेपनि सरकारी ढुकुटी सकाउने सुकुम्वासीलाई आशआशैमा भोट वैँक मात्रै बनाएको भन्दै अव पहिला लालपुर्जा त्यसपछि मात्रै भोट दिने केन्द्रीय अध्यक्ष कार्कीले भने ।
आफूहरु सुकुम्वासी मुक्त राष्ट्र निर्माणको अवधारणाका साथ अघि बढेको भन्दै ४० वर्षदेखि बसोवास गरी पटक पटक भोट हाल्दै आएका भुमिहिन, सुकुम्बासी, अव्यवस्थित वसोवासीलाई अब आयोग गठन वा विघटनको बहानामा लालपुर्जाको अधिकारबाट बञ्चित गराउन नपाइने उनको भनाइ थियो ।
जग्गा सिफारिसको अन्तिम अधिकार वडालाई रहेको भन्दै सिधा र खर्चरहित बाटो अनुसार स्थानीय तहको सिफारिसमा नापी कार्यालयले जग्गा नाप्ने र मालपोत कार्यालयले लालपुर्जा दिने व्यवस्था मिलाउन अहिलेको सरकारसँग माग गरिएको छ । जोखिममुक्त क्षेत्रका बासिन्दालाई बसोवास गरेकै ठाउँमा र जोखिमयुक्त भए सोही वडाभित्र वडाले सिफारिस गरे अनुसारको जग्गाको लालपुर्जा वितरणको व्यवस्था मिलाउन देउवा सरकारसँग माग गरिएको छ । देशभर करिव १२ लाख घरमा ७० लाख सुकुम्वासी, भुमिहिन र अव्यवस्थित रहेको समाजले जानकारी दिएको छ ।
उनीहरुबाट करिव ४० लाख मत संख्या रहेको र लालपुर्जा नदिई चुनाव आए मत नहालि चुनाव बहिष्कार अभियान चलाउने समाजले चेतावनी दिएको छ । छिटो भन्दा छिटो बसोवास गरेकै ठाउँको लालपुर्जा दिन माग गर्दै साउन २४ देखि देशभर संघर्षका कार्यक्रम समेत सार्वजनिक गरिएको छ ।
समाजका जिल्ला अध्यक्ष छविलाल देवकोटाले देवी ज्ञवाली नेतृत्वको आयोगबाट भएका कार्यहरुबाट आफुहरु सन्तुष्ट रहेको र लालपुर्जा पाउने आशा हुँदाहुँदै विघटन हुँदा निराश भएको बताए । जिल्ला सचिव मणिकुमार लामाले चितवनमा ३९ हजार ५९७ जनाले लालपुर्जा प्राप्तीका लागि फारम भरेको जानकारी दिए ।
सुकुम्वासी स्वर : पहिला लालपुर्जा, तब भोट

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
150.88
151.48

European Euro
1
177.54
178.25

UK Pound Sterling
1
205.30
206.12

Swiss Franc
1
193.82
194.59

Australian Dollar
1
109.18
109.61

Canadian Dollar
1
110.56
110.99

Singapore Dollar
1
119.01
119.49

Japanese Yen
10
9.62
9.66

Chinese Yuan
1
22.18
22.27

Saudi Arabian Riyal
1
40.22
40.38

Qatari Riyal
1
41.41
41.58

Thai Baht
1
4.68
4.70

UAE Dirham
1
41.08
41.25

Malaysian Ringgit
1
38.48
38.63

South Korean Won
100
10.29
10.33

Swedish Kroner
1
16.39
16.46

Danish Kroner
1
23.76
23.85

Hong Kong Dollar
1
19.27
19.35

Kuwaity Dinar
1
492.75
494.71

Bahrain Dinar
1
399.84
401.43

Omani Rial
1
391.89
393.45











