January 13, 2025
- ADVERTISEMENT -

कोभिसिल्डको पहिलो मात्रा लगाएकालाई अब एस्ट्राजेनेका खोप लगाइने

August 9, 2021

मकवानपुर / मकवानपुरका करिब १७ हजार जनाले दोस्रो डोज खोप लगाउन पाएका छैनन् । कोरोनाविरुद्धको कोभिसिल्ड खोपको पहिलो डोज लगाएका उनीहरुले दोस्रो डोज खोप अभाव हुँदा लगाउन नपाएका हुन् ।
स्वास्थ्य चिकित्सकहरुका अनुसार शरिरमा खोपको मात्रा पुरा हुन दुवै डोज लगाउनुपर्ने हुन्छ तर खोप अभावका कारण उनीहरु बञ्चित भएका छन् ।
कोभिसिल्ड खोपको पहिलो डोज लगाएका नागरिकलाई जापानबाट भर्खरै नेपालमा आएको एस्ट्राजेनेका खोप दोस्रो डोजको रुपमा लगाउने पहल भइरहेको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
स्वास्थ्य कार्यालयले एस्ट्राजेनेका खोप कोभिसिल्डको पहिलो डोज लगाएकाहरुलाई लगाउन मिल्ने बताइएको छ । उक्त खोप मकवानपुरमा आइपुगेको भने छैन । खोप आउनासाथ मकवानपुरका सबै विभिन्न स्थानीय तहमा तहमा वितरण गरेर लगाउन सुरु गरिने जनाइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -