January 24, 2025
- ADVERTISEMENT -

चितवनमा थप २३१ संक्रमित, १९५ जना संक्रमणमुक्त

August 9, 2021

चितवन / चितवनमा पछिल्लो २४ घण्टामा २ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार कोरोना सक्रमण पुष्टि हुनेमा ७७ जना एन्टिजिन बिधिबाट र १ सय ५४ जना पिसिआर बिधिबाट पुष्टि भएको हो । यससँगै जिल्लामा सक्रिय सक्रमितको संख्या २ हजार ३ सय ५७ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचारका क्रममा जिल्लाकै एक जनाको मृत्यु भएको हो ।
त्यस्तैगरी १ सय ९५ जना कोरोना संक्रमणमुक्त भएर घर फर्केका छन् । हालसम्म १९ हजार ३ सय ५३ जना कोरोना सक्रमित निको भएर घर फर्किएका छन् ।
यस्तै २ हजार १ सय ७० जना होम आईसोलेसनमा रहेका छन् भने १७६ जना अस्पतालमा उपचाररत रहेका छन् । ११ जना सार्वजनिक आइसोलेसनमा रहेका छन् । हालसम्म जिल्लामा कोरोना संक्रमणका कारण ३ सय ५० जनाको मृत्यु भइसकेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -