दाङ / दाङमा खोलाले बगाउँदा दुई जनाको मृत्यु भएको छ । दाङको तुलसीपुरमा आइतबार दिउँसो खोलाले बगाउँदा आमा र छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
प्रहरीका अनुसार स्थानीय ग्वार खोलाले बगाउँदा तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ सिम्लेनी निवासी ३५ बर्षीया अम्रीता घर्ती र उनका छोरा २ वर्षीय रुद्र घर्तीको मृत्यु भएको हो ।
सिम्लेनीबाट पतेनी जाँदै गर्दा ग्वारखोलाको पतेनीघाट तर्ने क्रममा खोलाले बगाएर लगेको थियो भने उनीहरुको शव २ किलो मिटर तल भेटिएको प्रहरीले जनाएको छ ।
खोला तर्ने क्रममा बगाउँदा दुई जनाको मृत्यु

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
