January 21, 2025
- ADVERTISEMENT -

अखाद्य वस्तु प्रयोग गर्ने क्याफे कार्वाहीमा

August 10, 2021
Photo : Ichchakamana

धादिङ / अखाद्य वस्तुु प्रयोग गरेका एक क्याफे कारवाहीमा परेको छ । धादिङको धुनीबेसी नगपालिका ६, नौबिसेमा रहेको न्यू पल्पसा क्याफेलाई जिल्ला प्रशासन धादिङ र जिल्ला घरेलु कार्यालय धादिङबाट खटिएको बजार अनुगमन टोलीले सोमबार कारवाही गरेको हो ।
अनुगमनमा क्याफेले मापदण्ड विपरित संचालनमा आएको अखाद्य वस्तुहरु प्रयोग गरेको पाइएको हो । क्याफेले कुहिएको आलु प्रयोग गरेको, मूल्यसूची नराखेको, बिक्री बिल नभएको, होटलको सरसफाईमा ध्यान नदिएको भेटिएको हो ।
साथै क्याफेले स्वास्थ्य तथा सुरक्षाका मापदण्डहरु पालना नगरेको पाइएको र एक पटकलाई सचेतना सहित १० हजार नगद जरिवाना गरिएको अनुगमन टोलीले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -