January 15, 2025
- ADVERTISEMENT -

विद्युत् प्राधिकरणमा पुनः घिसिङ, खुशीयालीमा दिपावली

August 11, 2021

काठमाडौं / नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ पुनः नियुक्त भएका छन् । कार्यकारी निर्देशक घिसिङले आज बिहीबारबाट जिम्मेवारी सम्हाल्दै छन् ।
उनले यसअघि ४ वर्षे कार्यकाल पूरा गरी बिदा भएकोमा देउवा सरकारले पुनः विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदमा नियुक्ति दिएको हो ।
ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सोमबार मन्त्रिपरिषद् बैठकमा पेस गरेको प्रस्तावअनुसार सरकारले घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनःनियुक्त गरेको हो ।
यसअघिका प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आयोगमा पठाइएको छ । उनलाई प्राधिकरणमा खाईपाई आएको तलब सुविधा दिनेगरी आयोगमा पठाउने प्रस्ताव गरिएको हो ।
प्राधिकरणबाट उनले हिजो बुधबार नै बिदा लिइसकेका छन् ।
घिसिङले यसअघिको कार्यकालमा लोडसेडिङ समस्या सधैंका लागि अन्त्य गरी घाटामा रहेको प्राधिकरणलाई नाफा गर्न सक्ने अवस्थामा पुर्याएका थिए । यसैकारण घिसिङको पुनः नियुक्तिपछि आम जनता खुसी छाएको छ । कतिपय स्थानमा घिसिङ आगमनमा खुसियालीको दीपावलीसमेत गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -