January 15, 2025
- ADVERTISEMENT -

मकवानपुरमा कोरोनामुक्त धेरै, संक्रमित घट्दै

August 12, 2021

मकवानपुर / मकवानपुरमा आज थप १०४ जना कोरोनाभाइरस (कोभिड–१९) संक्रमणमुक्त भएका छन् । विभिन्न मितिमा कोरोना संक्रमण पुष्टि भई होमआइसालेशन तथा संस्थागत आइसोलेशनमा रहेका १०४ जना संक्रमणमुक्त भएको जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
जनस्वास्थ्य कार्यालयका अनुसार, संक्रमणमुक्त हुनेमा हेटौंडा उपमहानगरपालिकाका ७७ जना, थाहानगरपालिकाका १० जना, मकवानपुरगढी र बागमती गाउँपालिकाका एक/एक जना, मनहरी गाउँपालिका ८ जना, भीमफेदी गाउँपालिकाका २ जना र बकैया गाउँपालिकाका ५ जना रहेका छन् । यससँगै जिल्लामा हालसम्म कोरोना संक्रमणमुक्त हुनेको कूल संख्या १३ हनार ११ जना पुगेको छ ।
त्यस्तै, जिल्लामा आज थप ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार, आज ४२९ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको हो । स्वास्थ्य कार्यालयका तथ्याङ्क अनुसार ९९ जनाको पीसीआर परीक्षण गर्दा २८ जनामा र ३३० जनाको एन्टिजेन परीक्षण गर्दा ११ जनामा कोरोना पुष्टि भएको हो ।
संक्रमण पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका १९ जना, थाहानगरपालिकाका ८, मकवानपुरगी गाउँपालिकाका ६, मनहरी गाउँपालिकाका २, भीमफेदी र राक्सिराङ गाउँपालिकाका एक/एक जना, बकैया गाउँपालिकाका २ जना रहेका छन् । यससँगै जिल्लामा हालसम्म कोरोना संक्रमितको कूल संख्या १४ हजार १ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यसैगरी जिल्लामा हालसम्म कोरोनाभाइर (कोभिड–१९) संक्रमणका कारण मृत्यु हुनेको कूल संख्या १५३ जना पुगको छ । जिल्लामा पछिल्लो २४ घण्टामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएसँगै मृतकको कूल संख्या १५३ जना पुगेको हो । पछिल्लो २४ घण्टामा हेटौंडा उपमहानगरपालिकाका एक जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -