२०८३ बैशाख १९, शनिबार
May 2, 2026
२०८३ बैशाख १९, शनिबार
May 2, 2026 Saturday
- ADVERTISEMENT -

आज नाग पञ्चमी, देशैभर नाग पूजा गरी मनाइँदै

प्रकाशित मिति : २०७८ श्रावण २९ गते

काठमाडौँ / साउन शुक्ल पञ्चमीका दिन नागस्थानमा दूध, दुबो, जल चढाएर धूपधुवाँर गर्दै नाग पञ्चमी पर्व मनाइँदै छ । शास्त्रमा अनन्त, वासुकी, तक्षक, कुलिर, कर्कोटक, शङ्ख, पद्म, महापद्म गरी आठ नागको विशेष महत्व रहेको वर्णित छ ।
नाग पञ्चमीका दिन नागको तस्बिरलाई घरको मूल प्रवेशद्वारमा टाँसेर अर्चना गर्दै यी नागप्रति श्रद्धा व्यक्त गर्ने प्रचलन छ ।यसरी बिभिन्न नागको चित्र घरमा टास्नाले चट्याङले नहान्ने, आगो तथा सर्पको भए नहुने हाम्रो धार्मिक आस्था तथा विस्वास रहिआएको छ । श्रावण शुक्ल पंचमि तिथिका दिनबाट वर्षायाम समाप्त भई हिउँद शुरु भएको मानिन्छ ।
ज्योतिष शाष्त्रीय मान्यता अनुशार आजको दिन कुनै शुभ तथा मांगलिक कार्य गर्न साईत हेर्नु पर्दैन भन्ने बिश्वास रहदै आएको छ । कुनै पनि घर तथा बंगाला निर्माण गर्दा भुमिमा नाग देवाताको बास भए बिधिवत रुपमा पूजा आजा गरि पन्छाए नागको दोषबाट मुक्त हुन धार्मिक जन बिश्वास रहि आएको छ । नाग पंचमिको दिन हिन्दु धर्मावलम्बिहरुले दिनभर व्रत गरि सूर्यास्त भए पछि नाग देवताको मुर्तिमा बिभिन्न सामानहरु जस्तै फुल, प्रसाद तथा फलले पुजा आजा गरि प्रसाद बाढ्ने तथा आफुले पनि लिने गर्दछन् ।
यसरि श्रावण शुक्ल पंचमिको दिन श्रदा तथा भक्तिका साथ मनाईने यो पर्ब हिन्दुधर्मावलम्बिहरुले धुमधामका साथ मनाउने गर्दछन् । आजको दिन घरमा नाग टाँसेपछि खेतबारीमा खनजोत नगर्ने र नाग, सर्प लगायतका घिस्रने जनावरलाई मार्नु हुँदैन भन्ने मान्यता छ । नागपञ्चमी कसरी र किन मनाउन थालियो भन्ने सम्बन्धमा विभिन्न किंवदन्ती प्रचलित छन् ।
जसमध्ये एउटा प्रख्यात किंवदन्ती यस्तो छ । एक किसानले आफ्नो खेत खनिरहेका बेला नागका तीन वटा बच्चा भेट्टाए र मारिदिए । ती बच्चाकी आमा आहारा खोजेर आउँदा आफ्ना सबै बच्चा मरेकोदेखि किसानसँग क्रुद्ध भइन् । रिसले चुर भएकी नागिनीले तत्काल किसानलाई मार्दा पनि रिसबाट मुक्त नभएकीले किसानको घरमा गएर श्रीमती र दुई छोरालाई पनि मारिदिइन् । संयोगले किसानकी छोरी घरबाहिर रहेकीले बच्न सफल भइन् । नागिनीले किसानकी छोरीलाई पनि खोज्दै हिँडेपछि बाटामा फेला पारी मार्न खोजिन् ।
किसानकी छोरीले अनेक प्रकारले अनुनय विनय गरी नमार्नुस् म तपाईंको पूजाआजा गर्छु र दूध खान दिन्छु भनेर बिन्ती गरेपछि नागिनीले दया गरी किसानकी छोरीलाई छोडिन् । मृत्युको मुखबाट बची प्रसन्न भएकी किसानकी छोरीले नागिनीलाई शोडषोपचारले पूजाआजा गरी कचौरामा दूध पनि खान दिइन् । किसानकी छोरीको प्रार्थनाबाट प्रसन्न भएकी नागिनीले तिम्रो भक्तिबाट म प्रसन्न भएँ वर माग भनेपछि उनले मौका छोपी मेरा मातापिता र भाइलाई पनि जीवनदान दिनुहोस् भनी वर मागिन् ।
प्रसन्न भएकी नागिनीले तथास्तु भनी किसानका सपरिवारलाई बचाइदिइन् । यसरी नागिनीले किसान परिवारलाई बचाइदिएको दिन श्रावण शुक्ल पञ्चमीअर्थात् आजैको दिन भएकाले त्यही समयदेखि नागपूजा गरी घरमा टाँस्ने परम्परा बसेको विश्वास छ । गुरु गोरखनाथले नौ नागको आसनमा बसी बाह्र वर्षसम्म तपस्या गरेको र यसरी नागलाई थिचेर राख्दा पानी नपरेकाले गोरखनाथका गुरु मत्स्येन्द्रनाथलाई बोलाइयो ।
गुरु आएकोदेखि गोरखनाथ उठेपछि नाग मुक्त भएर पानी वर्षाएको प्रसङ्ग पनि धर्मशास्त्रमा उल्लेख छ । काठमाडौँ उपत्यकामा भचाखुसीस्थित घोडेनाग, गल्कोपाखा ठमेलको हरिनाग, टुँडिखेल सुन्धारा छेउको मीननाग, इटुम्बहालको जलनाग, टेकुको टेकुनाग, थानकोटको नागढुङ्गा, धापाखेलको नागदह, चोभारपारि टौदह, नक्साल नागपोखरी र चाँगुनारायण नगरपालिका वडा नं। ८, कलमसीस्थित कल्पेश्वर नागमा विशेष रूपमा पूजाअर्चना गर्ने प्रचलन छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.56
152.16
European Euro
1
178.16
178.86
UK Pound Sterling
1
206.39
207.21
Swiss Franc
1
194.28
195.05
Australian Dollar
1
109.09
109.52
Canadian Dollar
1
111.74
112.18
Singapore Dollar
1
119.09
119.57
Japanese Yen
10
9.68
9.72
Chinese Yuan
1
22.20
22.28
Saudi Arabian Riyal
1
40.41
40.57
Qatari Riyal
1
41.59
41.76
Thai Baht
1
4.66
4.67
UAE Dirham
1
41.26
41.43
Malaysian Ringgit
1
38.18
38.33
South Korean Won
100
10.29
10.33
Swedish Kroner
1
16.42
16.48
Danish Kroner
1
23.84
23.94
Hong Kong Dollar
1
19.34
19.42
Kuwaity Dinar
1
494.08
496.04
Bahrain Dinar
1
401.35
402.94
Omani Rial
1
393.64
395.20