चितवन / कालिका १० र ११ का बाढी प्रभावित परिवारलाई खाद्यान्न तथा लत्ता कपडा सहयोग प्राप्त भएको छ । ग्लोबल कलेज इन्टरनेशनल काठ्माण्डौका विद्यार्थीले उक्त सहयोग गरेका छन् ।
गत असार १७ गते बाढीले घरबारविहीन बनेका चेपाङ वस्तीमा कलेजले खाद्यान्न तथा लत्ता कपडा सहयोग गरेका हो । कलेजले एक महिनासम्म विद्यार्थी तथा अभिभावकबाट आर्थिक संकलन गरी करिब २ लाख बराबरका सामग्री हस्तान्तरण गरेका हो ।
ग्लोबल सोसल क्लबका जिसिआइ फुड एण्ड क्लोथिङ डोनेसन सर्कलका गौरवराज श्रेष्ठका अनुसार २२ परिवारलाई सहयोग दिइएको हो । राहतमा ब्ल्याङकेट, चामल, लत्ताकपडाका सेट, नुन, सोयाविन, चाउचाउ लगायतका समाग्री वितरण भएको हो ।
बाढीले घरखेत बगाएपछि बाख्राको खोर, अस्थायी टहरा, स्कुलको छात्राबास, आफन्तीको घरमा उनीहरुले आश्रय लिँदै आएका छन् ।
चेपाङ अभियान्ता केपीकिरण शर्माले घरबारविहीन परिवारलाई स्थायी बसोबासको व्यवस्था मिलाउन स्थानीय सरकारले पहल गर्नुपर्ने बताए । तत्कालिन सिद्धि गाविसका पूर्वअध्यक्ष कृष्णबहादुर प्रजाले एक महिना पुरा हुँदासमेत राहतको भरमा बस्नुपर्ने बाध्यता रहेको बताए । कालिकाको तीनदोभान, चेउराङ, कामिमाङ लगायतका क्षेत्रमा बाढीले असर पु¥याएको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

बाढीप्रभावित चेपाङवस्तीमा ग्लोबल कलेज विद्यार्थीको सहयोग
August 13, 2021

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
