January 13, 2025
- ADVERTISEMENT -

क्यान्सर रोग उपचाररत भट्टलाई १० हजार सहयोग

August 29, 2021

रत्ननगर / लामो समयदेखि घाँटीको क्यान्सर रोगसँग लडिरहनु भएका सोमप्रसाद भट्टलाई रु १० हजार आर्थिक सहयोग प्राप्त भएको छ । भट्टलाई सो सहयोग भट्ट कौशिक (अलिना) गोत्रिय सेवा समाज चितवनबाट प्राप्त भएको हो ।
समाजले समाजकै सदस्य परिवारहरुलाई कोही कसैलाई पर्न सक्ने स्वास्थ्य सम्बन्धी विभिन्न समस्याहरुको समाधान गर्दै आएको छ । गोरखा नगरपालिका वार्ड नं १ बाह्रबिसे स्थायी घर भई हाल रत्ननगर नगरपालिका–१३ चितवन बस्नुहुने हरिनन्द भट्टका नाति मुक्तिनाथ भट्टका सुपुत्र सोमप्रसाद भट्टलाई रु १० हजार आर्थिक सहयोग गरेको हो । भट्ट लामो समयदेखि घाँटीको क्यान्सर भई हाल जटिल अवस्थामा क्यान्सर रोगसँग लड्दै आएका छन् ।
समाजको फेसबुक ग्रुपमा राखिएको सूचनाका आधारमा भरतपुर–२ आँपटारी घर भई हाल अष्टे«लिया बस्दै आएका सरोज भट्टले उक्त सहयोग गरेको हो । सो सहयोग रकम समाजका अध्यक्ष टंकप्रसाद भट्ट, समाजका वरिष्ठ उपाध्यक्ष, पत्रकार एवं सरोज भट्टका दाजु राजु भट्ट र समाजका अन्य पदाधिकारी एवं सदस्यहरुको रोहबरमा सोमप्रसाद भट्टलाई रकम हस्तान्तरण गरिएको थियो ।
अध्यक्ष भट्टले रकम सानो भएता पनि यसले सोमप्रसाद भट्टको उपचारमा केही भएपनि राहत मिल्ने र अन्य महानुभावहरुले समेत उनको उपचारका लागि सहयोग गर्ने वचन दिएको बताए । अन्य ठाउँहरुबाट समेत सहयोग आउने क्रम रहेकोले सहयोग गर्ने सरोज भट्ट र उनको परिवारलाई उनले धन्यवाद दिएका थिए ।
यस्तै क्यान्सर लागि उपचाररत भट्टकी श्रीमती सिता भट्टले आफ्नो परिवारलाई गरेको सहयोगलाई कहिल्यै बिर्सन नसक्ने र अझै आर्थिक सहयोग आवश्यक भएकोले सहयोगी मनहरुलाई सहयोगको लागि अपिल समेत गरिन् ।
कार्यक्रममा भट्ट कौशिक (अलिना) गोत्रिय सेवा समाज चितवनका सचिव सीताराम भट्ट, सल्लाहकार सदस्य राजेन्द्र भट्ट (राजु), आर्थिक संकलन समितिका सदस्य गोकुलप्रसाद भट्ट, कृष्णप्रसाद भट्ट, गोमा भट्ट, बिष्णुप्रसाद भट्टलगायतको उपस्थिति थियो ।
कार्यक्रम भट्ट कौशिक (अलिना) गोत्रिय सेवा समाज चितवनका अध्यक्ष टंकप्रसाद भट्टको अध्यक्षतामा सम्पन्न भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -