२०८२ चैत्र ३०, सोमबार
April 13, 2026
२०८२ चैत्र ३०, सोमबार
April 13, 2026 Monday
- ADVERTISEMENT -

क्यान्सर रोग उपचाररत भट्टलाई १० हजार सहयोग

प्रकाशित मिति : २०७८ भाद्र १३ गते

रत्ननगर / लामो समयदेखि घाँटीको क्यान्सर रोगसँग लडिरहनु भएका सोमप्रसाद भट्टलाई रु १० हजार आर्थिक सहयोग प्राप्त भएको छ । भट्टलाई सो सहयोग भट्ट कौशिक (अलिना) गोत्रिय सेवा समाज चितवनबाट प्राप्त भएको हो ।
समाजले समाजकै सदस्य परिवारहरुलाई कोही कसैलाई पर्न सक्ने स्वास्थ्य सम्बन्धी विभिन्न समस्याहरुको समाधान गर्दै आएको छ । गोरखा नगरपालिका वार्ड नं १ बाह्रबिसे स्थायी घर भई हाल रत्ननगर नगरपालिका–१३ चितवन बस्नुहुने हरिनन्द भट्टका नाति मुक्तिनाथ भट्टका सुपुत्र सोमप्रसाद भट्टलाई रु १० हजार आर्थिक सहयोग गरेको हो । भट्ट लामो समयदेखि घाँटीको क्यान्सर भई हाल जटिल अवस्थामा क्यान्सर रोगसँग लड्दै आएका छन् ।
समाजको फेसबुक ग्रुपमा राखिएको सूचनाका आधारमा भरतपुर–२ आँपटारी घर भई हाल अष्टे«लिया बस्दै आएका सरोज भट्टले उक्त सहयोग गरेको हो । सो सहयोग रकम समाजका अध्यक्ष टंकप्रसाद भट्ट, समाजका वरिष्ठ उपाध्यक्ष, पत्रकार एवं सरोज भट्टका दाजु राजु भट्ट र समाजका अन्य पदाधिकारी एवं सदस्यहरुको रोहबरमा सोमप्रसाद भट्टलाई रकम हस्तान्तरण गरिएको थियो ।
अध्यक्ष भट्टले रकम सानो भएता पनि यसले सोमप्रसाद भट्टको उपचारमा केही भएपनि राहत मिल्ने र अन्य महानुभावहरुले समेत उनको उपचारका लागि सहयोग गर्ने वचन दिएको बताए । अन्य ठाउँहरुबाट समेत सहयोग आउने क्रम रहेकोले सहयोग गर्ने सरोज भट्ट र उनको परिवारलाई उनले धन्यवाद दिएका थिए ।
यस्तै क्यान्सर लागि उपचाररत भट्टकी श्रीमती सिता भट्टले आफ्नो परिवारलाई गरेको सहयोगलाई कहिल्यै बिर्सन नसक्ने र अझै आर्थिक सहयोग आवश्यक भएकोले सहयोगी मनहरुलाई सहयोगको लागि अपिल समेत गरिन् ।
कार्यक्रममा भट्ट कौशिक (अलिना) गोत्रिय सेवा समाज चितवनका सचिव सीताराम भट्ट, सल्लाहकार सदस्य राजेन्द्र भट्ट (राजु), आर्थिक संकलन समितिका सदस्य गोकुलप्रसाद भट्ट, कृष्णप्रसाद भट्ट, गोमा भट्ट, बिष्णुप्रसाद भट्टलगायतको उपस्थिति थियो ।
कार्यक्रम भट्ट कौशिक (अलिना) गोत्रिय सेवा समाज चितवनका अध्यक्ष टंकप्रसाद भट्टको अध्यक्षतामा सम्पन्न भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
148.07
148.67
European Euro
1
173.54
174.24
UK Pound Sterling
1
199.33
200.14
Swiss Franc
1
187.63
188.39
Australian Dollar
1
104.57
104.99
Canadian Dollar
1
106.98
107.41
Singapore Dollar
1
116.23
116.70
Japanese Yen
10
9.30
9.33
Chinese Yuan
1
21.69
21.77
Saudi Arabian Riyal
1
39.46
39.62
Qatari Riyal
1
40.62
40.78
Thai Baht
1
4.62
4.64
UAE Dirham
1
40.31
40.47
Malaysian Ringgit
1
37.34
37.50
South Korean Won
100
9.97
10.01
Swedish Kroner
1
15.98
16.05
Danish Kroner
1
23.23
23.33
Hong Kong Dollar
1
18.91
18.98
Kuwaity Dinar
1
483.26
485.22
Bahrain Dinar
1
392.76
394.35
Omani Rial
1
385.10
386.66