गैँडाकोट / नवलपुरको गैँडाकोट नगरपालिका वडा नं. १० भेडाबारी जंगलको सडकखण्ड अवरुद्ध भएको छ । अविरल वर्षाका कारण सडक हिलाम्मे र गाडी फस्न गई सो सडक खण्ड पुनः अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का प्रहरी निरीक्षक मधुसुधन सिहंले जानकारी दिए ।
यसअघि २३ स्मृति पुलको डाईभर्सन मर्मतपछि सडकखण्ड सञ्चालनमा आएको थियो । प्रनि सिहंले पानी नरोकिएको सडक कति बेला खुल्छ केही ठेगान नभएको बताए ।
उनका अनुसार हिजो शनिबार साँझदेखि निकै कष्टकासाथ सडक सञ्चालन आएको बताए । पटक पटक उक्त सडक खण्डमा यातायात अवरुद्ध हुँदा यात्रुहरुले हैरानी खेप्नु परेको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

गैँडाकोटस्थित भेडावारी जंगलको सडकखण्ड पुनः अवरुद्ध

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -












