चितवन / नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा चितवनमा सभापति पदका लागि आठ जना प्रत्यासी देखिएका छन् । चितवन जिल्लामा आगामी भदौ २१ गते अधिवेशन हुँदैछ भने जिल्ला समितिका लागि असोज १० गते निर्वाचन हुँदैछ ।
जिल्ला सभापति जीतनारायण श्रेष्ठले केन्द्रीय सदस्यका लागि उम्मेदवारी घोषणा गरेपछि उपसभापति कैलाश कोइराला र सचिव उत्तम जोशीले सभापतिका लागि दाबी गरेका छन् । पूर्वसांसद जगन्नाथ पौडेल, कृषि तथा वन विज्ञान विश्वविद्यालयका संस्थापक रजिष्टार प्रा डा सूर्यकान्त घिमिरे र वाग्मती प्रदेशसभा सदस्य मिलनबाबु श्रेष्ठले पनि सभापति पदका लागि उम्मेदवारी घोषणा गरेर प्रचारमा जुटेका छन् ।
नेपाली काँग्रेसको क्षेत्र नं १ बाट महासमिति सदस्य राजेन्द्र बुर्लाकोटी, क्षेत्र नं २ बाट राजेश्वर खनाल र क्षेत्र नं ३ बाट विजय भुसालले उम्मेदवारी घोषणा गरेर प्रचार अभियानमा लागेका छन् । जिल्लामा वडा अधिवेशनबाट दुई हजार ९०० क्षेत्रीय प्रतिनिधि निर्वाचित हुनेछन् ।
जिल्ला सभापति जीतनारायण श्रेष्ठका अनुसार जिल्लाका ९८ वटा वडामध्ये २० वटामा निर्विरोध भएको जानकारी आएको छ । अन्य वडामा पनि निर्विरोध गर्ने प्रयास भइरहेको छ । हरेक वडामा सभापतिसहित २७ सदस्यीय कार्य समिति हुनेछ ।
क्रियाशील सदस्यका आधारमा एउटा वडाबाट १६ देखि ७५ जनासम्म क्षेत्रीय प्रतिनिधि निर्वाचित भएर आउने छन् । यही भदौ २७ गते नगर अधिवेशन हुने कार्यतालिका रहेको छ । जिल्लामा एउटा महानगरपालिका, एउटा गाउँपालिका र पाँच वटा नगरपालिका छन् । आगामी असोज १ गते प्रदेशको अधिवेशनले प्रदेश महाधिवेशन प्रतिनिधि र प्रदेश कार्यसमिति बनाउने छ । त्यस्तै आगामी असोज ५ गते क्षेत्रको अधिवेशन हुनेछ । यसलगत्तै असोज १० गते जिल्ला अधिवेशन हुनेछ ।
श्रेष्ठका अनुसार जिल्ला समितिले २७ हजार ८५५ क्रियाशील सदस्य सिफारिस गरेकामा केही छुट भएकाको थप भएर आएको छ । कोहीको आउने क्रममा छ । जिल्लामा नयाँ मात्र १० हजार ८०७ जना क्रियाशील सदस्य थप भएको हो । पुरानाबाट १७ हजार ४८ जनाले नवीकरण गरेको उनले जानकारी दिए ।
जिल्लाको निर्वाचन हेर्नका लागि अधिवक्ता कमलमोहन पोख्रेललाई केन्द्रीय निर्वाचन समितिले खटाएको छ । निर्वाचन गर्न प्रजातन्त्रवादी कानून व्यवसायी, शिक्षक सङ्घ र प्रजातन्त्रवादी प्राध्यापक सङ्घका सदस्य जुटेका छन् । सबै वडामा प्रतिनिधि तोकिएको छ । जिल्ला समिति सभापतिसहित ५० जनाको हुनेछ । जिल्लामा तीन वटा क्षेत्र रहेको छ । देशमा नै क्रियाशील सदस्य बढी भएको जिल्लामध्येमा चितवन पनि पर्दछ ।
- ADVERTISEMENT -

कांग्रेस १४ औं महाधिवेशन : चितवनमा सभापतिका लागि आठ जना प्रत्यासी

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.84
153.44

European Euro
1
176.39
177.09

UK Pound Sterling
1
204.26
205.06

Swiss Franc
1
192.00
192.75

Australian Dollar
1
108.12
108.54

Canadian Dollar
1
109.70
110.13

Singapore Dollar
1
118.72
119.18

Japanese Yen
10
9.55
9.59

Chinese Yuan
1
22.53
22.62

Saudi Arabian Riyal
1
40.70
40.86

Qatari Riyal
1
41.92
42.09

Thai Baht
1
4.66
4.68

UAE Dirham
1
41.61
41.77

Malaysian Ringgit
1
37.52
37.67

South Korean Won
100
9.99
10.03

Swedish Kroner
1
16.23
16.29

Danish Kroner
1
23.60
23.69

Hong Kong Dollar
1
19.50
19.58

Kuwaity Dinar
1
497.45
499.40

Bahrain Dinar
1
405.30
406.89

Omani Rial
1
396.97
398.52











