२०८३ बैशाख २५, शुक्रबार
May 8, 2026
२०८३ बैशाख २५, शुक्रबार
May 8, 2026 Friday
- ADVERTISEMENT -

हरितालिका [तीज]को पहिलो दिन – दर खाएर मनाइदै

प्रकाशित मिति : २०७८ भाद्र २३ गते

काठमाडौं / नेपाली हिन्दु नारीले मनाउने हरितालिका अर्थात् तीजको पहिलो दिन आज दर खाएर मनाइदैछ । तीजको व्रत सक्नेले निराहार बस्ने भएकाले आज व्रतालुले शक्ति प्राप्तिका लागि मीठामीठा एवं आडिलो परिकार दरका रुपमा खाई भोलिको व्रतका लागि पूर्वतयारी गर्ने गर्दछन् । विशेष गरी माइती एवं दाजुभाइले छोरी, चेली, दिदीबहिनीलाई बोलाइ दर खुवाउने गर्दछन् ।
माइतीले चेलीबेटीलाई बोलाइ दर खुवाउने परम्परा भए पनि यस वर्ष नयाँ भेरियन्टसहितको कोरोना भाइरसको सङ्क्रमणको जोखिम कायम रहेका कारण धेरै महिलाले सजगताका साथ तीज मनाउनुपर्ने अवस्था छ । आज दर खाएपछि औपचारिकरुपमा सुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ ।
तृतीयाका दिन हरितालिका व्रत, चौँथीका दिन, गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ । यस वर्ष गणेशको उत्पत्ति भएको विश्वास गरिने गणेश चौथी भदौ २५ गते शुक्रबार, ऋषिपञ्चमी पर्व भदौ २६ गते शनिबार मनाइने समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख छ । गणेश चौँथी प्रातः कालमा तिथि परेका दिन मनाइन्छ ।
ऋषि पञ्चमी भने मध्याह्नकालमा पञ्चमी परेका दिन मनाउनुपर्ने शास्त्रीय विधि छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.51
151.11
European Euro
1
177.07
177.77
UK Pound Sterling
1
204.87
205.68
Swiss Franc
1
193.46
194.23
Australian Dollar
1
109.21
109.65
Canadian Dollar
1
110.45
110.89
Singapore Dollar
1
118.90
119.37
Japanese Yen
10
9.63
9.66
Chinese Yuan
1
22.13
22.22
Saudi Arabian Riyal
1
40.13
40.29
Qatari Riyal
1
41.29
41.46
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
40.98
41.14
Malaysian Ringgit
1
38.49
38.65
South Korean Won
100
10.37
10.42
Swedish Kroner
1
16.36
16.42
Danish Kroner
1
23.69
23.79
Hong Kong Dollar
1
19.22
19.30
Kuwaity Dinar
1
491.54
493.50
Bahrain Dinar
1
398.91
400.50
Omani Rial
1
390.90
392.46