२०८२ जेष्ठ ३१, शनिबार
June 14, 2025
२०८२ जेष्ठ ३१, शनिबार
June 14, 2025 Saturday

कोरोना संक्रमित घट्दै, आज १३६७ संक्रमणमुक्त, थप ९९४ जना

प्रकाशित मिति : २०७८ भाद्र २६ गते
- ADVERTISEMENT -

काठमाडौं / नेपालमा पछिल्लो २४ घण्टामा थप ९ सय ९४ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ९ हजार ८ सय ४० जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार, पीसीआर परीक्षणबाट ७ सय ७७ र एन्टीजेनबाट परीक्षणबाट २ सय १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
हालसम्म देशमा पीसीआर विधिबाट ७ लाख ७६ हजार ३ सय २५ जना र एन्टिजेन विधिबाट ८६ हजार ६२१ जनामा कोरोना पुष्टि भएको छ । तीमध्ये हाल २७ हजार ३ सय ५५ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय ६८ जना कोरोना संक्रमणमुक्त भएका छन् भने १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
नेपालमा हालसम्म कूल सङ्क्रमितमध्ये ७ लाख ३८ हजार ३४ जना अर्थात ९५ दशमलव १ प्रतिशत कोरोनामुक्त भएका छन् भने १० हजार ९ सय ३६ जनाको मृत्यु भएको छ ।

- ADVERTISEMENT -