२०८२ बैशाख ३०, मंगलवार
May 13, 2025
२०८२ बैशाख ३०, मंगलवार
May 13, 2025 Tuesday

संसद अवरोध : सभामुखको सर्वदलीय बैठक आज 

प्रकाशित मिति : २०७८ भाद्र २८ गते
File Photo
- ADVERTISEMENT -

काठमाडौं / सभामुख अग्निप्रसाद सापकोटाले संसद अवरोध अन्त्य गर्ने विषयमा शीर्ष नेतालाई आज छलफलका लागि बोलाएका छन् ।
प्रमुख विपक्षी दल नेकपा एमालेले लगातार संसद अवरोध गरेपछि सभामुख सापकोटाले संसदमा भएका प्रमुख दलका शीर्ष नेतालाई आज दिउँसो साढे २ बजे छलफलमा बोलाएको उनका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।
आफूले गरेको १४ सांसदको कारबाहीलाई सभामुखले मान्यता नदिएको विरोधमा नेकपा एमालेले लगातार संसद अवरोध गर्दै आएको छ । सभामुख सापकोटाले आइतबार कानुन, न्याय तथा संसदीय मामिला मन्त्री र नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराई लगायतसँग छलफल गरेका थिए । छलफलमा सहमति जुटन नसकेपछि हिजोको बैठकमा पनि एमालेले अवरोध गरेको थियो ।

- ADVERTISEMENT -