चितवन / चितवनको पर्यटकीय नगरी सौराहामा सम्भवत नेपालमै अग्लो राष्ट्रिय झण्डा राखिएको छ । रत्ननगर नगरपालिका वडा नं ६ ले सौराहामा पर्यटक आर्कषित गर्न निकुञ्जको प्रवेशद्धार नजिक राष्ट्रिय झण्डा राखेको हो ।
३५ फिट उचाई भएको सो झण्डा शुक्रवार मेयर नारायण वनले झण्डाउत्तोलन गरेका छन् । सो अबसरमा उनले कोरोनापछि गतिलिन थालेको सौराहामा नेपालकै अग्लो राष्ट्रिय झण्डा पर्यटक आर्कषित गर्ने बताए ।
हामीले निकुञ्ज प्रवेशद्धारलाई आर्कषक बनाएका छौं उनले भने पर्यटक रमाउने ठाउँमा राष्ट्रिय झण्डा फर्फराउनु नेपालको सान झल्कने छ ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले सौराहामा राखिएको नेपालकै अग्लो राष्ट्रिय झण्डाले पर्यटक माझमा एकताको सन्देश प्रबाह गर्ने बताए ।
वडाध्यक्ष बलराम दाहालले ३५ फिट उचाई भएको राष्ट्रिय झण्डा सम्भवत नेपालमै पहिलो भएको बताए । सौराहामा पर्यटक आर्कषित गर्ने थुप्रै चिज छन उनले भने अब नेपालको झण्डा थपिएको छ ।