२०८३ जेष्ठ २९, शुक्रबार
June 12, 2026
२०८३ जेष्ठ २९, शुक्रबार
June 12, 2026 Friday
- ADVERTISEMENT -

चितवनमा १० वर्षको अवधिमा थप ३९ हजार घरपरिवार

प्रकाशित मिति : २०७८ कार्तिक ४ गते

चितवन / मध्य नेपालको ७८औँ जिल्लाका रूपमा चिनिएको चितवनमा वर्षेनी बसाइँसराइ गरी आउने क्रम बढ्दै गएको छ । आन्तरिकरूपमा हुने वृद्धि र बाहिरबाट आउनेसमेत गरी १० वर्षका अवधिमा ३९ हजार बढी घरधुरी थपिएका हुन् ।
विसं २०६८ को जनगणनालाई आधार मान्दा जिल्लामा हाल ३९ हजार २३८ परिवार थप भएका हुन् । जिल्ला जनगणना कार्यालयका अनुसार जिल्लाका सात पालिकामा सुपरीवेक्षकले गरेको स्थलगत अध्ययनका आधारमा परिवार संख्यामा वृद्धि भएको हो ।
कार्यालय प्रमुख यज्ञमूर्ति भण्डारीका अनुसार जनगणनामा एक लाख ७१ हजार ७०० परिवारको गणना हुँदैछ । पछिल्लो जनगणनामा एक लाख ३२ हजार ४६२ परिवारको गणना भएको थियो । यहाँका पालिकामा समेत परिवार संख्यामा वृद्धि भएको पाइएको छ ।
सात पालिकामा नै परिवार संख्यामा वृद्धि भएको हो । उहाँका अनुसार भरतपुर महानगरपालिकामा ८७ हजार ४४२ परिवारको गणना हुँदैछ । यो अघिल्लो गणनाको भन्दा १८ हजार ४०७ परिवारले वृद्धि भएको छ । यस्तै रत्ननगर नगरपालिकामा २३ हजार १५३ परिवारको गणना हुँदैछ । यस पालिकामा सात हजार ८३ परिवार संख्यामा वृद्धि भएको छ ।
यस्तै कालिका नगरपालिकामा १२ हजार ३३७ परिवारको गणना हुने कार्यालयले जनाएको छ । यस पालिकामा तीन हजार २२१ परिवार थपिएका छन् । खैरहनी नगरपालिकामा चार हजार ९३७ परिवार थप भएका छन् । यस पालिकामा १७ हजार २६८ परिवार रहेका छन् । राप्ती नगरपालिकामा १५ हजार ११९ परिवारको गणना हुँदैछ । यस पालिकामा अघिल्लो गणनाभन्दा तीन हजार ६४ परिवार थप भएका हुन् ।
माडी नगरपालिकामा १० हजार १७८ परिवारको गणना हुने भण्डारीले जानकारी दिए । यस पालिकामा एक हजार २१८ परिवार वृद्धि भएको छ । जिल्लाको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकामा छ हजार २०३ परिवारको गणना हुने उनले जानकारी दिए । उनका अनुसार गाउँपालिकामा एक हजार ४२५ परिवार थपिएका छन् । भूकम्पपछि पहाडी क्षेत्रबाट धेरै बसाइँसराइ गरी यहाँ आएकै कारण परिवार संख्या थप भएको अनुमान छ ।
कार्यालयले जनगणनाअन्तर्गत प्रथम चरणको घर तथा घरपरिवारको सूचीकरण कार्यका आधारमा यो तथ्याङ्क लिएको हो । पहिलो चरणमा २१० जना सुपरिवेक्षाकले भदौ ३० गतेदेखि असोज १८ गतेसम्म स्थलगत अध्ययन गरी ल्याएको तथ्याङ्कका आधारमा एक लाख ४० हजार ७८० घरमा ती परिवार बसोबास गर्दै आएका छन् । ती परिवारमा आगामी कात्तिक २५ गतेदेखि मङ्सिर ९ गतेसम्म गणना हुँदैछ । गणनामा ८५७ जना गणक परिचालन हुँदैछन् । उनीहरुले ८४१ गणना क्षेत्रमा काम गर्दैछन् ।
अहिले गणनाका लागि गणक छनोटको अन्तिम तयारी भइरहेको छ । केन्द्रीय तथ्याङ्क विभागले छनोट गरेका गणकको प्रमाणीकरण र सक्कल काजगपत्र भिडाउने काम भइरहेको छ । कात्तिक १३ देखि १६ गतेसम्म गणकको तालिम हुनेछ । एक जना सुपरीवेक्षकअन्तर्गत चार गणक रहने व्यवस्था गरिएको छ । एक जना गणकले २५० परिवारको गणना गर्नुपर्ने छ । एक परिवारमा गणकले ८० प्रश्न सोध्नेछन् । एक परिवारमा करिब ४५ मिनेट लाग्ने उनले जानकारी दिए । विसं २०६८ को जनगणनाभन्दा अहिलेको नयाँ प्रविधिबाट गणना हुने भण्डारीले बताए ।
कार्यालय प्रमुख भण्डारीका अनुसार घर गणना, सामुदायिक प्रश्नावली, पुख्र्यौली भाषा, मातृ मृत्युदर, बैंक वित्तीय संस्थामा खाता रहेको नरहेको, ऋण लिएको नलिएको, प्राविधिक तथा व्यावसायिक तालिम परिषद्बाट तालिम लिएको नलिएको, कृषि गणनाका लागि आवश्यक तथ्याङ्क सङ्कलनलगायतका तथ्याङ्क गणकले लिनेछन् । गणना सम्पन्न गर्नका लागि जिल्लामा रहेको ९८ वटा वडामा वडास्तरीय सहजीकरण समिति गठन गरी काम भइरहेको उनले जानकारी दिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.92
153.52
European Euro
1
176.43
177.12
UK Pound Sterling
1
204.35
205.16
Swiss Franc
1
191.32
192.07
Australian Dollar
1
106.97
107.39
Canadian Dollar
1
109.41
109.84
Singapore Dollar
1
118.71
119.18
Japanese Yen
10
9.53
9.56
Chinese Yuan
1
22.56
22.65
Saudi Arabian Riyal
1
40.74
40.90
Qatari Riyal
1
41.95
42.11
Thai Baht
1
4.64
4.66
UAE Dirham
1
41.64
41.80
Malaysian Ringgit
1
37.60
37.75
South Korean Won
100
9.99
10.03
Swedish Kroner
1
16.04
16.10
Danish Kroner
1
23.61
23.70
Hong Kong Dollar
1
19.51
19.59
Kuwaity Dinar
1
497.71
499.66
Bahrain Dinar
1
405.54
407.13
Omani Rial
1
397.17
398.73