April 29, 2025

मन तातो पानी किन र यसबाट के के फाइदा हुन्छ ?

October 28, 2021
- ADVERTISEMENT -

एजेन्सी / मनतातो पानी पिउँदा हाम्रो शरीरलाई धेरै फाइदा हुन्छ । तर, हामी नबुझेर सिधै चिसो पानी पिउने गर्छौं । मनतातो पानीको प्रयोग कसरी गर्ने भन्ने विषयमा तल उल्लेख गरिएको छ ।
उमालेको पानी शुद्ध हुन्छ र शरीरको पाचन प्रणाली नियमित बनाउन सघाउँछ । बिहान उठ्ने बित्तिकै तातो पानी पिउँदा शरीरमा जम्मा भएका विषाक्त तत्व पिसाबसँगै बाहिर जान्छ ।
शरीरमा पानीको मात्रा कमी भएपछि कब्जियतको समस्या उत्पन्न हुन्छ । यदि तपाईले दिनहुँ बिहान कम्तीमा एक गिलास तातो पानी पिउनु भयो भने कब्जियतको समस्या टाढा हुन्छ ।
बिहान र खानापछि हरेक पटक एक गिलास तातो पानीमा कागती वा मह मिसाएर पिउँदा मोटोपना नियन्त्रणमा सघाउ पुग्छ । घाँटी दुखेको वा टन्सिल भयो भने तातो पानी पिउँदा फाइदा हुन्छ । तातो पानीमा नुन मिसाएर पिउँदा अझ लाभदायी हुन्छ ।
तातो पानी पिउँदा शरीरको ताप बढ्छ । शरीरको तापक्रम बढ्दा पसिना निस्कन्छ, पसिना निस्केपछि तापक्रम घट्छ र शीतल हुन्छ । पसिनाले शरीरमा बढी भएको नुन बाहिर निकाल्छ र रगतको शद्धीकरणमा सहयोग पुर्याउँछ ।
प्रायः महिला महिनावारीका समयमा पेट दुखाइबाट पीडित हुन्छन् । यस्तो बेला तातो पानीमा सुकमेलको धुलो मिसाएर खाँदा दुखाइ कम हुन्छ । यसो गर्दा टाउको तथा पेटको दुखाइ पनि कम हुन्छ ।

- ADVERTISEMENT -