२०८३ असार १३, शनिबार
June 27, 2026
२०८३ असार १३, शनिबार
June 27, 2026 Saturday
- ADVERTISEMENT -

मुख्यमन्त्री पाण्डेले भने– ‘सरकारले मिडिया हाउस चलाउन हुँदैन’

प्रकाशित मिति : २०७८ कार्तिक १३ गते

चितवन / नेपाल पत्रकार महासंघ वागमती प्रदेशको प्रादेशिक सम्मेलन आज शनिबारबाट सौराहामा सुरु भएको छ । वागमती प्रदेशका मुख्यमन्त्री तथा कार्यक्रमका प्रमुख अतिथि राजेन्द्र पाण्डेले पानस दियो प्रज्वलन गरी उद्घाटन गरेका हुन् ।
मुख्यमन्त्री पाण्डेले सरकारले मिडिया हाउस चलाउन नहुने बताए । तत्कालीन प्रदेश मुख्यमन्त्री डोरमणी पौडेल नेतृत्वको सरकारले प्रदेश स्तरीय मिडिया सेन्टर बनाउन खोजेपछि चौतर्फी आलोचना भएको थियो ।
‘सञ्चार माध्यम प्रदेशले चलाउने गरी १० करोड पनि राखियो, त्यसको व्यापक विरोध पनि भयो, हामीले पनि प्रतिवाद गर्यौ’, उनले भने, ‘राम्रो काम गरेपछि मिडियाले नराम्रो भनेर लेख्न मिल्दैन, मिडिया राज्यले सञ्चालन गरिरहनु पर्दैन ।’ उनले फ्रिज भएर बसेर १० करोड बजेटलाई पत्रकार महासंघसँग छलफल गरेरै ठीक काममा लगाउने प्रतिबद्धता व्यक्त गरे ।
उनले चितवनमा आमसञ्चार प्रतिष्ठान र हेटौंडामा पत्रकारहरुको प्रदेशस्तरीय कार्यालय बनाउन केन्द्रसम्म पहल गर्ने बताए । उनले राज्यव्यवस्था सिध्याउनुपर्छ भनेर लेख्नेहरुलाई माया नगर्ने अभिव्यक्ति दिए ।
‘संघीयता, संविधान, समावेशीता, लोकतन्त्र विरोधी हुनुभयो भने तपाईहरुलाई माया हुँदैन’, उनले भने, ‘राजनीतिक स्थिरता कायम गर्न भूमिका खेल्नुहोस् ।’ उनले प्रदेशभित्रका हरेका १ सय १९ पालिकामा रहेका लोपोन्मुख, सिमान्तकृत र दलित समुदाय मध्येबाट एसईई पछि ३ वर्षे प्राविधिक कोर्ष निःशुल्क पढाउने गरी निर्णय भएको बताए । उनले एकल पार्टीको बहुमत सरकारमा नभएकाले साझा विचार बोकेरै सरकारले काम गर्ने बताए ।
नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले महासंघ प्रेस स्वतन्त्रताको पक्षमा सदैव अडिग रहने बताए । सञ्चार नीति बनाउदा अंकुश लगाउने प्रयास भैरहेकाले खबरदारी गर्न आग्रह गरे । महासंघका प्रदेश अध्यक्ष शिव देवकोटाले सम्मेलनबाट १० जिल्लाको सुझाव संकलन गरेर ३ वर्षिय कार्ययोजना बनाइने बताए । पेशागत समस्या समाधानबारे सम्मेलन केन्द्रीत हुने बताए । उनले १० करोड बजेट विनियोजन गरेर स्वरोजगार मिडिया प्रवर्द्धन गर्न मुख्यमन्त्रीसँग माग गरे ।
वागमती प्रेस कार्यालयका प्रेस रजिस्ट्रार रेवती सापकोटाले पत्रकारको क्षमता अभिवृद्धि गर्ने कामलाई जोड दिनुपर्ने बताए ।
नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष नारायण अधिकारीले आमसञ्चार प्रतिष्ठान र तालिम केन्द्र चितवनमा बनाउन सहयोग गर्न आग्रह गरे ।
कार्यक्रममा नेपाल प्रेस युनियनका बरिष्ठ उपाध्यक्ष दीपक आचार्य, पत्रकार महासंघ बागमती प्रदेश संस्थापक अध्यक्ष प्रताप विष्ट, प्रेस सेन्टर नेपाल वागमती प्रदेशका संयोजक लक्ष्मण खड्का, प्रेस चौतारी नेपाल वागमती प्रदेशका सहसंयोजक शिशिर सिंखडा लगायतले मन्तव्य दिएका थिए ।
सम्मेलनमा प्रदेश अन्तर्गतका १० जिल्लाका अध्यक्ष, सचिव र कोषाध्यक्ष र प्रदेश समितिका पदाधिकारी तथा सदस्यहरु सहभागी भएका छन् । सम्मेलन आइतबार सकिने छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.74
151.34
European Euro
1
171.96
172.64
UK Pound Sterling
1
199.28
200.07
Swiss Franc
1
186.52
187.27
Australian Dollar
1
104.03
104.44
Canadian Dollar
1
106.26
106.69
Singapore Dollar
1
116.52
116.99
Japanese Yen
10
9.33
9.36
Chinese Yuan
1
22.17
22.26
Saudi Arabian Riyal
1
40.14
40.30
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.52
4.54
UAE Dirham
1
41.04
41.21
Malaysian Ringgit
1
36.88
37.03
South Korean Won
100
9.80
9.84
Swedish Kroner
1
15.55
15.61
Danish Kroner
1
23.00
23.10
Hong Kong Dollar
1
19.22
19.30
Kuwaity Dinar
1
489.57
491.52
Bahrain Dinar
1
399.84
401.43
Omani Rial
1
391.55
393.11