२०८३ जेष्ठ ३०, शनिबार
June 13, 2026
२०८३ जेष्ठ ३०, शनिबार
June 13, 2026 Saturday
- ADVERTISEMENT -

तामाङ पत्रकार संघ चितवनमा बबिलाल तामाङको नेतृत्व

प्रकाशित मिति : २०७८ कार्तिक १५ गते

–प्रमिला तामाङ
चितवन । तामाङ पत्रकार संघ चितवनको अध्यक्षमा बबिलाल तामाङ सर्वसम्मत चयन भएका छन् । संघको आज सोमबार सम्पन्न तेस्रो जिल्ला अधिवेशनबाट तामाङको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएका हुन् ।
यसैगरी संघको उपाध्यक्षमा सुनिता लामा तामाङ, सचिवमा प्रकाश तामाङ, सहसचिवमा सन्तोष तामाङ, कोषाध्यक्षमा प्रतिमा तामाङ चयन भएका छन् भने सदस्यहरुमा सन्जय तामाङ, सबिन लोप्चन तामाङ, युवक तामाङ, सिमा तामाङ, सुरेश थिङ तामाङ र प्रमिला तामाङ चयन छन् ।


पूर्व कृषि मन्त्री तथा बागमती प्रदेशका सांसद तथा प्रमुख अतिथि दावा दोर्जे लामाले पानसमा दियो प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए ।
कार्यक्रममा राप्ती नगरपालिका उपमेयर इमानसिह लामा, नेपाल तामाङ घेदुङका केन्द्रिय सदस्य तथा चितवन इन्चार्ज गोमानसिंह तामाङ, नेपाल पत्रकार महासंघ जिल्ला शाखा चितवनका सहसचिव तथा तामाङ पत्रकार संघ चितवनका संस्थापक अध्यक्ष उर्गेन तामाङ, सन्देश घलान, देबेन्द्र लामा, गोपाल विश्वकर्मा, सुनिता डल्लाकोटी, आईतिदेबी स्याङ्तान, दिलकुमारी थिङ, सन्जय चौधरीलगायतले मन्तव्य दिएका थिए ।
नवनिर्वाचित अध्यक्ष तामाङ विगत दुई दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल छन् भने नेपाल पत्रकार महासंघ चितवनका कार्यसमिति सदस्य पनि हुन् । उनी बि एण्ड बि मिडिया नेटवर्क प्रा.लि.का अध्यक्ष तथा न्यूजप्रवाह डटकम र न्यूजप्रवाह साप्ताहिकका प्रधानसम्पादक समेत हुन् ।
यस्तै अधिवेशनले तामाङ पत्रकार संघको प्रदेश तथा केन्द्रमा हुने अधिवेशनका लागि प्रतिनिधिको रुपमा ज्ञानेन्द्र तामाङ, राजेश तामाङ, सरस्वती तामाङ र नीरा तामाङको नाम सिफरिस गरेको छ । कार्यक्रममा संस्थापक अध्यक्ष उर्गेन तामाङलाई संघप्रति गरिएको योगदानको उच्च मुल्यांकन गर्दै सम्मान गरिएको थियो । उनलाई सम्मान पत्र र दोसल्लाले सम्मान गरेको हो ।
कार्यक्रम संघका अध्यक्ष ज्ञानेन्द्र तामाङको सभापतित्वमा सम्पन्न भएको थियो भने सचिव राजेश रुम्बा लामाले संचालन गरेको थियो ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.88
152.48
European Euro
1
175.80
176.50
UK Pound Sterling
1
203.73
204.54
Swiss Franc
1
190.78
191.53
Australian Dollar
1
106.92
107.35
Canadian Dollar
1
108.58
109.01
Singapore Dollar
1
118.30
118.77
Japanese Yen
10
9.48
9.52
Chinese Yuan
1
22.46
22.55
Saudi Arabian Riyal
1
40.47
40.63
Qatari Riyal
1
41.66
41.82
Thai Baht
1
4.64
4.66
UAE Dirham
1
41.35
41.52
Malaysian Ringgit
1
37.43
37.58
South Korean Won
100
10.00
10.04
Swedish Kroner
1
16.10
16.16
Danish Kroner
1
23.52
23.61
Hong Kong Dollar
1
19.38
19.46
Kuwaity Dinar
1
494.32
496.27
Bahrain Dinar
1
402.78
404.38
Omani Rial
1
394.47
396.03