April 19, 2025

रत्ननगरबाट १८४ किलो लागु औषध चरेश बरामद

November 13, 2021
- ADVERTISEMENT -

चितवन / चितवनको रत्ननगरबाट अवैध लागु औषध चरेश प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय टाँडीले रत्ननगर नगरपालिका–३ शान्तिचोक नजिक किराना पसलको गोदाममा लुकाइराखेको एक सय ८४ किलो ३५० ग्राम चरेश बरामद गरेको हो ।
चेयनपरासको बट्टामा प्याकेजिङ गरेर राखेको अवस्थामा सो परिणामको चरेश बरामद गरेको प्रहरीले जनाएको छ । १९२ वटा बट्टामा ३२ वटा कार्टुनमा प्याकेजिङ गरेर राखेको अवस्थामा चरेश बरामद गरेको हो । रत्ननगर–१५ माधवपुरका उद्धब अधिकारीले विष्णु पन्तको घर भाडामा लिएर सञ्चालन गरेको गोदाममा चरेश भेटिएको हो ।
गोदाममा चरेश रहेको सूचनाको आधारमा प्रहरीले उक्त लागू औषध बरामद गरेको हो । यद्यपी प्रहरीले सम्पूर्ण जानकारी सार्वजनिक गर्न समय लाग्ने बताएको छ । अवैध लागुऔषध चरेशको कारोबारमा संलग्न रहेको आशंकामा टाँडी प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

- ADVERTISEMENT -