काठमाडौं / वर्षभरि पर्ने २४ वटा एकादशीमध्ये महत्वपूर्ण एकादशीको रूपमा हरिबोधिनी एकादशीलाई लिइन्छ । त्यसैले यसलाई बोलीचालीको भाषामा ठूलो एकादशी पनि भनिन्छ ।
क्षीर सागरमा चार महिनाअघि सुतेका भगवान् विष्णु आज जागा हुने भएकाले यसलाई हरिबोधनी एकादशी वा प्रबोधिनी एकादशी पनि भनिन्छ । संस्कृतमा ‘बोधन’ भन्नाले उठाउनु भन्ने अर्थ हुन्छ । त्यसैलै भगवान् हरिलाई उठाउने तिथि भएकालाई यस दिनलाई हरिबोधिनी एकादशी भनिएको हो ।
कात्तिक शुक्ल एकादशीमा पर्ने यस हरिबोधिनी एकादशीमा व्रत र भगवान् विष्णुको उपासना गर्नाले एक हजार अश्वमेध यज्ञ गरे बराबरको फल पाइने कुरा पद्म पुराणको उत्तरखण्डमा बताइएको छ । गरुड पुराणअनुसार यस महिनामा एउटा मात्र तुलसी पत्र भगवान् विष्णुलाई चढाउँदा पनि १० हजार गाई दान गरे बराबरको फल मिल्नेछ ।
आज उपत्यकाका चार नारायण भनिने भक्तपुरको चाँगुनारायण, ललितपुरको विशङ्खुनारायण, काठमाडौंको शेषनारायण र इचङ्गुनारायणमा विशेष मेला लाग्ने गर्छ । साथै काठमाडौंमा रहेको बूढानीलकण्ठको मन्दिरमा पनि विशेष मेला लाग्छ ।
हरिशयनी एकादशीको दिन घरघरमा रोपिएको तुलसीलाई आज विशेष पूजा गरी विवाह गरिदिने परंपरा छ । आजको दिन घरघरमा तुलसीको मठलाई गोबर, माटोले लिपपोत गरी सेतो, रातो, पहेँलो वस्त्र तथा फूलमालाले सिँगारेर भगवान् विष्णुको प्रतीकको रूपमा निगालो गाडी तुलसीको विवाह गरिन्छ ।
भगवान् विष्णु प्रशन्न हुने विश्वासका साथ आज फलाहार मात्र लिई र राती जाग्राम बसेर हरि नाम संकीर्तन गर्ने प्रचलन रहेको छ । भोलिपल्ट द्वादशीको दिन तुलसीको विशेष पूजा गरेर हवन गरी चतुर्मासभर भगवान् विष्णुको रूपमा पूजा गरिएको तुलसीको विसर्जन गरिन्छ ।
हरिशयनी एकादशीदेखि आज अर्थात् हरिबोधिनी एकादशीसम्मको चार महिनासम्म तुलसीको व्रत गरी विशेष पूजा हुन्छ । साथै, यो समयमा विवाह, व्रतबन्ध जस्ता माङ्गलिक कार्यसमेत गरिँदैन । विवाह, व्रतबन्ध जस्ता माङ्गलिक कार्यहरू पनि आजदेखि खुला हुने गर्छन् अर्थात् ज्योतिषीय रूपमा त्यस्ता कार्यका लागि मुहूर्त निस्किन्छन् ।
- ADVERTISEMENT -

हरिबोधिनी एकादशी आज, ब्रतालुहरु व्रत उपासना गरी मनाउँदै

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
150.51
151.11

European Euro
1
177.07
177.77

UK Pound Sterling
1
204.87
205.68

Swiss Franc
1
193.46
194.23

Australian Dollar
1
109.21
109.65

Canadian Dollar
1
110.45
110.89

Singapore Dollar
1
118.90
119.37

Japanese Yen
10
9.63
9.66

Chinese Yuan
1
22.13
22.22

Saudi Arabian Riyal
1
40.13
40.29

Qatari Riyal
1
41.29
41.46

Thai Baht
1
4.68
4.70

UAE Dirham
1
40.98
41.14

Malaysian Ringgit
1
38.49
38.65

South Korean Won
100
10.37
10.42

Swedish Kroner
1
16.36
16.42

Danish Kroner
1
23.69
23.79

Hong Kong Dollar
1
19.22
19.30

Kuwaity Dinar
1
491.54
493.50

Bahrain Dinar
1
398.91
400.50

Omani Rial
1
390.90
392.46













