२०८३ जेष्ठ ११, सोमबार
May 25, 2026
२०८३ जेष्ठ ११, सोमबार
May 25, 2026 Monday

बालगृह संरक्षण केन्द्रले मनायो चौधौं वार्षिकोत्सव

प्रकाशित मिति : २०७८ मंसिर ८ गते

चितवन / सौराहास्थित बालबालिका तथा बालगृह संरक्षण केन्द्रले १४औं वार्षिक तथा साधारण सभा सम्पन्न गरेको छ । विभिन्न संघसंस्थाको सहयोगबाट अनाथ वालवालिकालाई पालनपोषण तथा शिक्षा प्रदान गर्दै आइरहेको उक्त केन्द्रले आज बुधबार वार्षिकोत्सव मनाएको हो ।
कार्यक्रममा रत्ननगर नगरपालिका वडा नं ६ की वडा सदस्य नन्दकुमारी सापकोटा प्रमुख अतिथि रहेकी थिइन् । प्रमुख अतिथि सापकोटाले बालबालिका भविष्यका कर्णधार भएको बताइन् । उनले केन्द्रलाई आगामी दिन सहयोग गर्ने आश्वासन दिँदै सहयोगी हातहरुलाई धन्यवाद दिएकी थिइन् ।
केन्द्रकी अध्यक्ष राममाया लामाले अहिलेसम्म ८ जना अनाथ वालवालिकालाई एसईई उत्तीर्ण गराई आत्मनिर्भर बनाउन सफल भएको बताइन् । उनका अनुसार सो संस्थामा हाल ९ जना बालबालिका आश्रित छन् ।
नेपाल सरकारको निकायमा विधिबत दर्ता गरी सञ्चालनमा रहेको सो संस्थालाई स्थानीयबासी तथा संघसंस्थाहरुले पनि आवश्यक सहयोग गर्दै आएका छन् । श्रीमान्को कमाइबाट पनि बालबालिकालाई शिक्षा दिक्षा र लालनपालन गर्न सहयोग गर्दै आएको उनको भनाइ थियो ।
कार्यक्रममा केन्द्रकी सचिव फुलमाया श्रेष्ठले प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष विष्णुहरि सापकोटाले आर्थिक प्रतिवेशन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरे, पूर्व अध्यक्ष बासु चापागाई, मृगकुञ्ज सहकारीकी अध्यक्ष चण्डिका ढकाल, समाजसेवीहरु उदयचन्द्र अर्याल, कुशल सुवेदी लगायतले मन्तव्य दिएका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.81
153.41
European Euro
1
177.31
178.00
UK Pound Sterling
1
205.23
206.04
Swiss Franc
1
194.66
195.43
Australian Dollar
1
108.91
109.34
Canadian Dollar
1
110.57
111.00
Singapore Dollar
1
119.39
119.86
Japanese Yen
10
9.60
9.64
Chinese Yuan
1
22.49
22.58
Saudi Arabian Riyal
1
40.72
40.88
Qatari Riyal
1
41.92
42.09
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
41.60
41.77
Malaysian Ringgit
1
38.51
38.66
South Korean Won
100
10.05
10.09
Swedish Kroner
1
16.32
16.38
Danish Kroner
1
23.73
23.82
Hong Kong Dollar
1
19.50
19.58
Kuwaity Dinar
1
498.08
500.03
Bahrain Dinar
1
405.33
406.92
Omani Rial
1
397.43
398.99