२०८३ असार १३, शनिबार
June 27, 2026
२०८३ असार १३, शनिबार
June 27, 2026 Saturday
- ADVERTISEMENT -

एमाले महाधिवेशनको तयारी पूरा, चितवनमा शीर्ष नेता

प्रकाशित मिति : २०७८ मंसिर ९ गते

चितवन / नेपाल कम्युनिष्ट पार्टी (एमाले)को आसन्न १०औँ राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुने महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको आतिथ्य शाखा नेकपा (एमाले) चितवनले जनाएको छ ।
जिल्ला अध्यक्ष पार्वती रावलकाअनुसार जिल्लाका विभिन्न स्थानमा स्वागतद्वार निर्माण, उद्घाटन सत्रको मञ्च निर्माण तथा बन्दसत्र हुने हल निर्माण सहित आवास व्यवस्थापनको सबै काम पूरा भएको हो ।
मङ्सिर १० उद्घाटन हुने महाधिवेशन स्थलमा मञ्च निर्माण, सेल्फी प्वाइन्ट निर्माण, गैँडाको मस्कट निर्माण सहितका सबै काम पूरा भएको जिल्ला अध्यक्ष रावलले जानकारी दिए । जिल्ला प्रवेश गर्ने विभिन्न नाका र जिल्लाका मुख्य राजमार्गमा ४५ भन्दा बढी स्वागतद्वार निर्माण गरिएको रावलले बताए ।
राजमार्गको दुबै छेउमा नेकपा एमाले र अनेरास्ववियुको झण्डा तथा ध्वजा पताका राखिएको छ । एमाले महाधिवेशनका लागि चितवनका राजमार्ग तथा महाधिवेशन स्थल र बन्दसत्र हुने स्थानलाई सिँगारिएको छ । महाधिवेशनको उद्घाटन सत्रमा चितवनबाट मात्रै एक लाख र देशभरीबाट पाँच लाख जनसहभागिता जुनाउने गरी समन्वय भइरहेको रावलले बताए ।
महाधिवेशनका क्रममा जिल्लाका विभिन्न स्थानमा एमालेको ६० हजार भन्दा बढी झण्डा, विद्यार्थी संगठन अनेरास्ववियुको झण्डा, अखिल नेपाल महिला संघको झण्डा सहितका झण्डाहरु सडक किनारमा राखिएको प्रचार सहयोग समिति चितवनका संयोजक विजय सुवेदीले जानकारी दिए ।
महाधिवेशनलाई लक्षित गर्दै चितवनको सीमानाकाहरु मौवाखोला, मुग्लिन, पुलचोक तथा लोथरदेखि नै महाधिवेशनमा सहभागी हुने प्रतिनिधि तथा पाहुनलाई स्वागत गर्ने गरी स्वागतद्वार तथा पार्टीका झण्डाहरु राखिएको उनले बताए ।
नेकपा एमालेको महाधिवेशनमा आउने दुई २९७ प्रतिनिधि, स्वदेशी तथा विदेशी पाहुना गरी तीन हजार ५०० जनाका लागि आवस व्यवस्थापनको काम भएको आवास व्यवस्थापन समितिका संयोजक एवं सङ्घीय सांसद कृष्णभक्त पोखरेलले बताए । महाधिवेशनका लागि विभिन्न जिल्लाबाट प्रतिनिधिहरु आउने क्रम सुरु भएको उनले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.74
151.34
European Euro
1
171.24
171.92
UK Pound Sterling
1
198.70
199.49
Swiss Franc
1
185.71
186.45
Australian Dollar
1
103.99
104.40
Canadian Dollar
1
105.90
106.32
Singapore Dollar
1
116.24
116.71
Japanese Yen
10
9.32
9.35
Chinese Yuan
1
22.17
22.26
Saudi Arabian Riyal
1
40.15
40.31
Qatari Riyal
1
41.37
41.54
Thai Baht
1
4.52
4.54
UAE Dirham
1
41.04
41.21
Malaysian Ringgit
1
36.61
36.76
South Korean Won
100
9.77
9.81
Swedish Kroner
1
15.48
15.54
Danish Kroner
1
22.91
23.00
Hong Kong Dollar
1
19.23
19.30
Kuwaity Dinar
1
489.57
491.52
Bahrain Dinar
1
399.81
401.41
Omani Rial
1
391.55
393.11