मकवानपुर / मकवानपुर राक्सिराङ गाउँपालिका वडा नम्बर ६ स्थित सिमर गाउँ सिलिङ्गेको जुन्ती डाँडामा निर्माणधिन गुम्बाको लागि रु. ५१ हजार आर्थिक सहयोग प्राप्त भएको छ । सोही वडाका अध्यक्ष सिंगलाल प्रजाले उक्त सहयोग रकम प्रदान गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका वडा अध्यक्ष प्रजाले छ्युसी बौद्ध गुम्बाको साधारणसभाको अवसरमा गुम्बा अक्षयकोषको लागि सो रकम गुम्बा समिति समितिका अध्यक्ष सविनकुमार लोप्चनलाई हस्तान्तरण गरेका हुन् । उनले गुम्बा निर्माणमा आवश्यक पर्ने फर्निचर निर्माणको लागि काठ उपलब्ध गराउने समेत प्रतिबद्धता व्यक्त छन् ।
सो अवसरमा गुम्बा निर्माण र स्थापनाको लागि अहम्भूमिका निर्वाह गर्ने बाबुराम थिङलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा एमाले नेता बखतबहादुर चेपाङ, ईसाई धर्म गुरु मोतिराम चेपाङ, सिलिङ्गे माविका अध्यक्ष कमल चेपाङ, सामुदायिक वनका अध्यक्ष आइतसिं प्रजा लगायत अग्रज व्यक्तित्वहरुको उपस्थित रहेको थियो । गुम्बा निर्माण समितिका अध्यक्ष सबिनकुमार लोप्चनको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।
- ADVERTISEMENT -

मकवानपुरको छ्युसी बौद्ध गुम्बालाई ५१ हजार सहयोग
November 29, 2021

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
