चितवन / पत्रकार वसन्त पराजुलीको कथासङ्ग्रह मोम्चो विमोचन गरिएको छ । भुँडीपुराण प्रकाशन प्रालिले प्रकाशन गरेको सो कृतिको आइतबार विमोचन गरिएको हो ।
उक्त मोम्चो कथा संग्रह चेपाङ्ग किशोरी रमिताले विमोचन गरेकी हुन् । मोम्चो चेपाङ्ग शव्द भएकाले चेपाङ्ग किशोरीबाट पुस्तकको बिमोचन गरिएको हो । चेपाङ भाषामा यसको अर्थ महिला वा नारी भन्ने हुन्छ ।
पत्रकार तथा कथाकार पराजुलीले मोम्चो खास गरी नेपाली समाजमा विद्यमान नारीले भोग्नु परेका समस्या, गर्नुपरेका सङ्घर्ष र पितृसतात्मक समाजको परिणाम स्वरुप सिर्जित नारी समस्यासँग सम्बन्धित नारीवादी विषय उठान गर्नु भएको छ ।
यस कृतिमा ११ वटा कथाहरु रहेका छन् । जस मध्ये मोम्चो शीर्ष कथा हो । यसको नामबाट कृतिको नाम नै राखिएको कथाकार पराजुलीले बताए ।
‘मोम्चो विशेषगरी चेपाङ समुदायमा बढ्दो बालविवाह र त्यसपछि महिलाले भोग्नु परेका समस्यामा केन्द्रित कथा हो ।’ – पराजुलीले भने ।
चेपाङ्ग समुदायमा बालबिबाह हुने गर्दछ । कतिपयले यो समुदायमा बच्चाले बच्चा पाउँछन् भनेर भन्ने गर्दछन् । मेम्चोमा समसामाहिक विषय विस्तुमा केन्द्रित कथाहरु रहेका छन् । पराजुलीको यो कथा संग्रह दोस्रो कथा संग्रह हो । पराजुली एक वर्ष ६ महिना अघि मात्रै ‘कुमाता’ कथासङ्ग्रहका माध्यमबाट नेपाली आख्यान साहित्यमा प्रवेश गरेका हुन् ।
अक्षर समुह चितवनको आयोजनामा गरिएको बिमोचन कार्यक्रममा कृति माथि वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ र आख्यानकार अश्विनी कोइरालाले समिक्षा गरेका थिए ।
श्रेष्ठले कथाको दम कथाकारितासँगै कथा शक्तिमा पनि उत्तिकै जोडिएको बताए । कोईरालाले यो स्तरको कथा सबै पुस्तकमा भए पराजुली राम्रो साहित्यकार बन्ने भन्दै कथा लामो भएकाले सम्पादनमा ध्यान कम पुगेको टिप्पणी गरे । कथा सरल भएकाले जो कोहीले पढ्न सक्ने उनको भनाई थियो ।
अक्षर समूहका अध्यक्ष प्रभाकर पण्डितले पत्रकारितासँगै साहित्य क्षेत्रमा पराजुलीको कलम चलेको भन्दै उहाँका कृति धेरैले रुचाएको बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष नारायणप्रसाद अधिकारी, भुँडीपुराण प्रकाशनका प्रवन्ध निर्देशक केशवप्रसाद पराजुली, महिला अभियान्ता मिना खरेल, अक्षर समुहकी कोषाध्यक्ष मायाँ गुरुङ, लेखराम सापकोटा लगायतले कथा संग्रहको बारेमा चर्चा गरेका थिए ।
- ADVERTISEMENT -

पत्रकार पराजुलीको कथा संग्रह ‘मोम्चो’ चेपाङ्ग किशोरीबाट बिमोचन

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
150.74
151.34

European Euro
1
171.96
172.64

UK Pound Sterling
1
199.28
200.07

Swiss Franc
1
186.52
187.27

Australian Dollar
1
104.03
104.44

Canadian Dollar
1
106.26
106.69

Singapore Dollar
1
116.52
116.99

Japanese Yen
10
9.33
9.36

Chinese Yuan
1
22.17
22.26

Saudi Arabian Riyal
1
40.14
40.30

Qatari Riyal
1
41.39
41.56

Thai Baht
1
4.52
4.54

UAE Dirham
1
41.04
41.21

Malaysian Ringgit
1
36.88
37.03

South Korean Won
100
9.80
9.84

Swedish Kroner
1
15.55
15.61

Danish Kroner
1
23.00
23.10

Hong Kong Dollar
1
19.22
19.30

Kuwaity Dinar
1
489.57
491.52

Bahrain Dinar
1
399.84
401.43

Omani Rial
1
391.55
393.11













