बुटवल / बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडक मर्मत कार्य नहुँदा समस्या उत्पन्न भएको भन्दै स्थानीय आन्दोलनमा उत्रिएका छन् । चुरे तिनाउ संरक्षण समिति बुटवलका नाममा संगठित स्थानीयले सडक मर्मतसहित पहिरो नियन्त्रणको समुचित व्यवस्थापन र बस्ती सुरक्षित बनाउन माग गर्दै पुस २६ गते बुटवल बन्दको आह्वान गरेका हुन् ।
समितिले झुम्सा खानेपानी योजना तुरुन्त सम्पन्न गर्नुपर्ने, ज्योतिनगर, लक्ष्मिनगर पाखापानी वडा नम्बर १, पाखापानी वाड २ र वडा नम्बर ६ को ताइवान टोलमाथिको पहिरोको नियन्त्रण गरी बस्तीलाई तत्काल सुरक्षित गनुपर्ने माग राखी दुई महिने संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ ।
मंगलबार दिउँसो नागरिक समाजका अगुवा संस्थाबीच छलफल गरेको समितिले साँझ सडकमै पत्रकार सम्मेलन गरेको हो । पत्रकार सम्मेलनमा कार्यक्रमहरू सार्वजनिक गर्दै समितिका अध्यक्ष कमल गौतमले बुधबार नागरिक समाज तथा सरोकारवाला संघको अगुवाइमा जिल्ला प्रशासन कार्यालय, मुख्यमन्त्रीको कार्यालय र बुटवल उपमहानगरपालिकाको कार्यालयमा समस्या समाधानका लागि ध्यानाकर्षण गराउने बताए ।
त्यस्तै समितिले पुस ३ गतेसम्म राजनीतिक दल, विभिन्न संघसंस्था, नेपाल सरकारका सम्बन्धित कार्यालयहरूमा ज्ञापन पत्र दिने, पुस ४ गते सडक विभागमा धर्ना दिने कार्यक्रम सार्वजनिक गरेको छ ।
पुस ६ गते खानेपानी संस्थानमा धर्ना दिई ८ गते प्रदेश वन मन्त्रालयमा धर्ना दिने कार्यक्रम समितिले बनाएको छ । समितिले पुस १५ गते नगरपालिकामा धर्ना, १८ गते मुख्यमन्त्रीको कार्यालयमा धर्ना दिनेछ भने पुस २३ गते एक घण्टा चक्काजाम गर्ने बताएको छ । त्यस्तै पुस २५ गते नारासुलुस गर्ने पनि बताइएको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सडक निर्माणमा ढिलाइ हुँदा बुटवलवासी आन्दोलित

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
148.36
148.96

European Euro
1
162.83
163.48

UK Pound Sterling
1
194.57
195.35

Swiss Franc
1
176.81
177.52

Australian Dollar
1
98.61
99.01

Canadian Dollar
1
103.55
103.97

Singapore Dollar
1
115.05
115.51

Japanese Yen
10
9.32
9.36

Chinese Yuan
1
22.26
22.35

Saudi Arabian Riyal
1
39.54
39.70

Qatari Riyal
1
40.70
40.86

Thai Baht
1
4.36
4.38

UAE Dirham
1
40.39
40.56

Malaysian Ringgit
1
35.98
36.13

South Korean Won
100
11.03
11.07

Swedish Kroner
1
14.52
14.58

Danish Kroner
1
21.78
21.87

Hong Kong Dollar
1
18.92
19.00

Kuwaity Dinar
1
480.28
482.23

Bahrain Dinar
1
393.27
394.86

Omani Rial
1
385.34
386.90













