२०८३ जेष्ठ २३, शनिबार
June 6, 2026
२०८३ जेष्ठ २३, शनिबार
June 6, 2026 Saturday
- ADVERTISEMENT -

फोनिज चितवनको भोलि अधिवेशन, तीन पत्रकार सम्मानित गरिने

प्रकाशित मिति : २०७८ मंसिर २४ गते

चितवन / नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) चितवन शाखाले भोलि शनिबार ८औँ साधारण सभा तथा चौथौ अधिवेशन गर्ने भएको छ । सो अवसरमा तीन जना पत्रकारलाई सम्मान गर्ने कार्यक्रम रहेको फोनिज चितवनका अध्यक्ष सन्दिपकुमार श्रेष्ठले जानकारी दिए ।
अध्यक्ष श्रेष्ठका अनुसार फोनिज चितवनका संस्थापक अध्यक्ष सन्तकुमार चौधरी, तामाङ पत्रकार संघ चितवनका अध्यक्ष बबिलाल तामाङ र कालिका एफएमका प्रतिमा कुमाल रहेका छन् । सम्मानित हुने चौधरी पिबिएम न्यूज डटकमका प्रधान सम्पादक हुन् । त्यस्तैगरी तामाङ न्यूजप्रवाह साप्ताहिकका प्रधान सम्पादक हुन् भने कुमाल कालिका एफएमका समाचारवाचिका हुन् ।
फोनिजका चितवनका अध्यक्ष सन्दीपकुमार श्रेष्ठको संयोजकत्वमा सल्लाहकार ईश्वरकुमार जोशी, अमरदिप प्रधान, सन्तकुमार चौधरी र वीरबहादुर सिन्जाली मगरको समितिले उनीहरुलाई छनोट गरेको हो ।
आदिवासी जनजाति पत्रकारको हौसला बढाउन, क्षमता अभिवृद्धि गर्न, मिडिया क्षेत्रमा टिकाई राख्न सम्मान गर्न लागिएको फोनिज अध्यक्ष श्रेष्ठले बताए ।
यस्तै फोनिजले पहिलो पटक आफ्नो स्थापना दिवस तथा अधिवेशनको अवसर पारेर स्मारिका प्रकाशन गर्ने भएको छ । उक्त स्मारिकाको ‘फोनिज सन्देश चितवन’ नामाकरण गरिएको छ । आदिवासी जनजाति पत्रकारहरुको छाता संगठन फोनिजमा १७ जनजाति समावेश छन् । नयाँ र पुराना गरी १ सय २२ जना आवद्ध रहेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.62
152.22
European Euro
1
176.47
177.17
UK Pound Sterling
1
204.25
205.06
Swiss Franc
1
192.51
193.27
Australian Dollar
1
108.29
108.72
Canadian Dollar
1
109.25
109.68
Singapore Dollar
1
118.15
118.62
Japanese Yen
10
9.48
9.52
Chinese Yuan
1
22.41
22.50
Saudi Arabian Riyal
1
40.38
40.54
Qatari Riyal
1
41.62
41.79
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
41.28
41.45
Malaysian Ringgit
1
37.64
37.79
South Korean Won
100
9.85
9.89
Swedish Kroner
1
16.24
16.30
Danish Kroner
1
23.61
23.70
Hong Kong Dollar
1
19.35
19.43
Kuwaity Dinar
1
493.96
495.91
Bahrain Dinar
1
402.07
403.66
Omani Rial
1
393.80
395.36