चितवन / नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) चितवन शाखाले भोलि शनिबार ८औँ साधारण सभा तथा चौथौ अधिवेशन गर्ने भएको छ । सो अवसरमा तीन जना पत्रकारलाई सम्मान गर्ने कार्यक्रम रहेको फोनिज चितवनका अध्यक्ष सन्दिपकुमार श्रेष्ठले जानकारी दिए ।
अध्यक्ष श्रेष्ठका अनुसार फोनिज चितवनका संस्थापक अध्यक्ष सन्तकुमार चौधरी, तामाङ पत्रकार संघ चितवनका अध्यक्ष बबिलाल तामाङ र कालिका एफएमका प्रतिमा कुमाल रहेका छन् । सम्मानित हुने चौधरी पिबिएम न्यूज डटकमका प्रधान सम्पादक हुन् । त्यस्तैगरी तामाङ न्यूजप्रवाह साप्ताहिकका प्रधान सम्पादक हुन् भने कुमाल कालिका एफएमका समाचारवाचिका हुन् ।
फोनिजका चितवनका अध्यक्ष सन्दीपकुमार श्रेष्ठको संयोजकत्वमा सल्लाहकार ईश्वरकुमार जोशी, अमरदिप प्रधान, सन्तकुमार चौधरी र वीरबहादुर सिन्जाली मगरको समितिले उनीहरुलाई छनोट गरेको हो ।
आदिवासी जनजाति पत्रकारको हौसला बढाउन, क्षमता अभिवृद्धि गर्न, मिडिया क्षेत्रमा टिकाई राख्न सम्मान गर्न लागिएको फोनिज अध्यक्ष श्रेष्ठले बताए ।
यस्तै फोनिजले पहिलो पटक आफ्नो स्थापना दिवस तथा अधिवेशनको अवसर पारेर स्मारिका प्रकाशन गर्ने भएको छ । उक्त स्मारिकाको ‘फोनिज सन्देश चितवन’ नामाकरण गरिएको छ । आदिवासी जनजाति पत्रकारहरुको छाता संगठन फोनिजमा १७ जनजाति समावेश छन् । नयाँ र पुराना गरी १ सय २२ जना आवद्ध रहेका छन् ।
फोनिज चितवनको भोलि अधिवेशन, तीन पत्रकार सम्मानित गरिने
December 10, 2021

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

उवा संघ–चितवनका सदस्यलाई पुष्पान्जली हस्पिटलको २५ प्रतिशत छुट

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण कार्य जारी, २० प्रतिशत सकियो

सर्वोच्चको आदेशपछि पनि आन्दोलन नछाड्ने अडान, शिक्षकहरू अझै सडकमा

सार्वजनिक मञ्चबाटै प्रधानमन्त्री ओलीले सरकार ढल्न लागेको संकेत गरेपछि …

आजदेखि बजेट अधिवेशन सुरु, प्रधानमन्त्रीले संसद्मा सम्बोधन गर्ने
- ADVERTISEMENT -
