काठमाडौं / सर्वाधिक आठपटकको विजेता मनाङ मर्स्याङ्दी क्लब लिगको चौथो चरणमा फ्रेन्ड्सलाई २–० ले हराउँदै विजयी भएको छ । मनाङ १० अंकका साथ शीर्ष स्थानमा उल्किएको छ । मनाङ सहिद स्माकर ए डिभिजन लिग फुटबल प्रतियोगिताको शीर्ष स्थानमा उक्लेको छ ।
मनाङको जितमा नाइजेरियन स्ट्राइकर ओलावाले अफिज र दिनेश राजवंशीले एक–एक गोल गरेका थिए । खेलमा पकड जमाएको मनाङले ४१औँ मिनेटमा अग्रता लियो । नाइजेरियन खेलाडी अफिजले निकै क्लोज रेन्जबाट गोल गर्दै मनाङलाई १–० को अग्रता दिलाए । कप्तान अञ्जन विष्टको सटिक क्रसमा डिबक्सभित्र अनमार्कमा रहेका अफिजले हेडिङ गोल गरेका हुन् । यसअघि खेलको आठौँ मिनेटमा फ्रेन्ड्सले अग्रता अवसर गुमायो ।
मनाङका गोलरक्षक विशाल सुनारले बललाई ग्रिपमा लिन नसकेको अवस्थामा नाथालिन जुडे गार्सियाको प्रहारलाई सरोज योन्जन लामाले गोललाइनबाट ब्लक गरेका थिए । फ्रेन्ड्समाथि हाबी देखिएको मनाङले खेलको २१औँ मिनेटमा एडेलाजा सोमिडेले डिबक्सबाहिरबाट प्रहार गरेको बल दोस्रो बारनजिक हुँदै बाहिरियो । खेलको ७३औँ मिनेटमा दिनेशले मनाङलाई २–० को अग्रता दिलाए । डिबक्सबाहिर पुजन उपरकोटीको फ्रिकिकमा दिनेशले हेडिङ गोल गरेका हुन् ।
खेलको ५४औँ मिनेटमा मनाङका कप्तान विष्टले वान भर्सेस वानको अवस्थामा गरेको प्रहार सिधै फ्रेन्ड्सका गोलरक्षक राहुलले बचाए ।
यसैबीच मनाङले घरेलु मैदानका रूपमा पोखरा रंगशालालाई प्रयोग गर्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले मनाङलाई पोखरा रंगशालामा घरेलु मैदानका रूपमा लिगअन्तर्गत तीनवटा खेल खेल्न अनुमति दिएको हो । क्लबहरूले पनि मनाङविरुद्ध पोखरामा प्रतिस्पर्धा गर्ने सहमति जनाइसकेका छन् । मनाङले नेपाल पुलिस क्लब, ब्रिगेड ब्वाइज र च्यासल युथ क्लबसँग पोखरामा खेल्नेछ । यसअघि एन्फाले दशरथ रंगशालासँगै पोखरा, च्यासल तथा सातदोबाटोको मैदानमा लिग सञ्चालन गर्ने घोषणा गरेको थियो ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

ए डिभिजन लिग : फ्रेन्ड्सलाई मनाङ शीर्ष स्थानमा

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
147.58
148.18

European Euro
1
169.34
170.03

UK Pound Sterling
1
195.82
196.61

Swiss Franc
1
187.27
188.03

Australian Dollar
1
104.04
104.47

Canadian Dollar
1
107.85
108.29

Singapore Dollar
1
115.38
115.85

Japanese Yen
10
9.27
9.30

Chinese Yuan
1
21.40
21.49

Saudi Arabian Riyal
1
39.33
39.49

Qatari Riyal
1
40.38
40.54

Thai Baht
1
4.55
4.57

UAE Dirham
1
40.18
40.34

Malaysian Ringgit
1
37.55
37.70

South Korean Won
100
9.89
9.93

Swedish Kroner
1
15.74
15.80

Danish Kroner
1
22.66
22.76

Hong Kong Dollar
1
18.85
18.92

Kuwaity Dinar
1
480.72
482.67

Bahrain Dinar
1
390.94
392.53

Omani Rial
1
383.32
384.88












