March 15, 2025
- ADVERTISEMENT -

महायज्ञमा भोलि मनोज गजुरेल आउँदै, भजन गायक सापकोटाले झुमाए भक्तजन

December 15, 2021

चितवन / भरतपुर ३ बेलचोकमा जारी श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञमा अतिथि कलाकारहरुको आगमन सुरु भएको छ । भोलि बिहीबार हास्य कलाकार मनोज गजुरेल आउने महायज्ञका संयोजक रामजी अधिकारीले जानकारी दिए ।
महायज्ञमा बुधबार भजन गायक रेशम सापकोटाले उपस्थिति जनाएका थिए । युट्युवमा उनकै स्वर रहेका विभिन्न भजनहरु प्रत्यक्ष गायनमार्फत भक्तजनहरुलाई मनोरन्जन दिएका थिए । उनले भजनमार्फत भक्तजनहरुमा उत्साह दिने कार्य गरेका थिए भने दाताहरुलाई मानव सेवामा लाग्न अभिप्रेरित गरेका थिए ।
आश्रमका लागि स्व भगवानदास श्रेष्ठ र प्रेमकुमार श्रेष्ठले भरतपुर महानगरपालिका ३ बेलचोकस्थित भृकुटी स्कुल नजिकै ६ कठ्ठा जग्गा उपलब्ध गराएका छन् । हाल मानव सेवा आश्रमको आफ्नै भवन निर्माण भइरहेको छ ।
मंसिर २६ गतेबाट शुभारम्भ भएको यज्ञमा हालसम्म लाखौं रुपैया संकलन भैसकेको र १५ कोठा निर्माण गरिदिने दाताको प्रतिद्धता प्राप्त भएको संयोजक अधिकारीले बताए । उनले महायज्ञबाट ५ करोड रुपैया संकलन गर्ने लक्ष्य राखिएको जानकारी दिए । पवित्र मानवीय सेवामा जुट्न उनले सबैलाई आह्वान गरेका छन् ।
यसैबीच महायज्ञमा भरतपुर २ क्षेत्रपुर स्थित सिद्धि विनायक बचत तथा ऋण सहकारी संस्था लि. ले २५ हजार पाँच सय पचपन्न रुपैयाँ सहयोग गरेको हो । यस्तै सोही स्थानकै फलफूल तथा तरकारी थोक व्यवसायी संघले १५ हजार पाँच सय पचपन्न रुपैयाँ र कृषि प्रबर्धन बजार विकास प्रा लिले १५ हजार पाँच सय पचपन्न रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको हो ।
मानवसेवा आश्रमले विगत दश वर्षदेखि खुला आकाशमुनि, सडकपेटी एवं सार्वजनिक स्थलहरुमा अति कष्टपुर्ण जीवन बिताउन विवश सहयोगापेक्षी, बेसहारा, असहाय, अशक्त, अभिभावविहीन सडकआश्रित मानवहरुको सेवा गर्दै आइरहेको छ ।

- ADVERTISEMENT -