चितवन / भरतपुर ३ बेलचोकमा जारी श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञमा अतिथि कलाकारहरुको आगमन सुरु भएको छ । भोलि बिहीबार हास्य कलाकार मनोज गजुरेल आउने महायज्ञका संयोजक रामजी अधिकारीले जानकारी दिए ।
महायज्ञमा बुधबार भजन गायक रेशम सापकोटाले उपस्थिति जनाएका थिए । युट्युवमा उनकै स्वर रहेका विभिन्न भजनहरु प्रत्यक्ष गायनमार्फत भक्तजनहरुलाई मनोरन्जन दिएका थिए । उनले भजनमार्फत भक्तजनहरुमा उत्साह दिने कार्य गरेका थिए भने दाताहरुलाई मानव सेवामा लाग्न अभिप्रेरित गरेका थिए ।
आश्रमका लागि स्व भगवानदास श्रेष्ठ र प्रेमकुमार श्रेष्ठले भरतपुर महानगरपालिका ३ बेलचोकस्थित भृकुटी स्कुल नजिकै ६ कठ्ठा जग्गा उपलब्ध गराएका छन् । हाल मानव सेवा आश्रमको आफ्नै भवन निर्माण भइरहेको छ ।
मंसिर २६ गतेबाट शुभारम्भ भएको यज्ञमा हालसम्म लाखौं रुपैया संकलन भैसकेको र १५ कोठा निर्माण गरिदिने दाताको प्रतिद्धता प्राप्त भएको संयोजक अधिकारीले बताए । उनले महायज्ञबाट ५ करोड रुपैया संकलन गर्ने लक्ष्य राखिएको जानकारी दिए । पवित्र मानवीय सेवामा जुट्न उनले सबैलाई आह्वान गरेका छन् ।
यसैबीच महायज्ञमा भरतपुर २ क्षेत्रपुर स्थित सिद्धि विनायक बचत तथा ऋण सहकारी संस्था लि. ले २५ हजार पाँच सय पचपन्न रुपैयाँ सहयोग गरेको हो । यस्तै सोही स्थानकै फलफूल तथा तरकारी थोक व्यवसायी संघले १५ हजार पाँच सय पचपन्न रुपैयाँ र कृषि प्रबर्धन बजार विकास प्रा लिले १५ हजार पाँच सय पचपन्न रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको हो ।
मानवसेवा आश्रमले विगत दश वर्षदेखि खुला आकाशमुनि, सडकपेटी एवं सार्वजनिक स्थलहरुमा अति कष्टपुर्ण जीवन बिताउन विवश सहयोगापेक्षी, बेसहारा, असहाय, अशक्त, अभिभावविहीन सडकआश्रित मानवहरुको सेवा गर्दै आइरहेको छ ।
- ADVERTISEMENT -

महायज्ञमा भोलि मनोज गजुरेल आउँदै, भजन गायक सापकोटाले झुमाए भक्तजन

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.28
151.88

European Euro
1
172.39
173.07

UK Pound Sterling
1
199.94
200.73

Swiss Franc
1
186.85
187.59

Australian Dollar
1
105.03
105.45

Canadian Dollar
1
106.64
107.07

Singapore Dollar
1
116.76
117.23

Japanese Yen
10
9.37
9.40

Chinese Yuan
1
22.30
22.39

Saudi Arabian Riyal
1
40.30
40.46

Qatari Riyal
1
41.50
41.67

Thai Baht
1
4.56
4.58

UAE Dirham
1
41.19
41.35

Malaysian Ringgit
1
36.54
36.68

South Korean Won
100
9.85
9.88

Swedish Kroner
1
15.60
15.66

Danish Kroner
1
23.06
23.15

Hong Kong Dollar
1
19.30
19.37

Kuwaity Dinar
1
491.73
493.68

Bahrain Dinar
1
401.28
402.87

Omani Rial
1
392.95
394.51











