२०८३ जेष्ठ २३, शनिबार
June 6, 2026
२०८३ जेष्ठ २३, शनिबार
June 6, 2026 Saturday
- ADVERTISEMENT -

ल्होसारको पूर्व सन्ध्यामा पुस १२ गते शुभकामना आदानप्रदान

प्रकाशित मिति : २०७८ पुष १० गते

–प्रमिला तामाङ
चितवन । भरतपुर नौरङ्गेका गुरुङ समुदायले ल्होसारको पूर्वसन्धामा पुस १२ गते शुभकामना आदान–प्रदान कार्यक्रम गर्ने भएको छ । तमु खेमा समाज भरतपुर–९ द्वारा आयोजना गरिने कार्यक्रममा तमू प्ये ल्हु संघ चितवनको सहजीकरण रहने शनिबार पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको छ ।
तमु प्ये ल्हु संघ चितवनका अध्यक्ष लालप्रसाद गुरुङले यस वर्षको ल्होसारमा गाई वर्गलाई विदाई गर्दै बाघ वर्गको स्वागत गरिने बताए । उनका अनुसार पौष १४ गते बेलुका १२ बजे रातिबाट बाघ वर्गमा ल्होसार प्रवेश हुनेछ । ल्हो भनेको वर्ग र सार भनेको पुरानो वर्गबाट नयाँ वर्गमा प्रवेश गर्ने उनले भने ।
उनले बाघ वर्गमा प्रवेश गरेको व्यक्तिलाई स्याई स्याई गर्न, गुम्बामा गई लामाको मन्त्र जपेको झन्डामा घरपरिवारको नङ, जौ, तिल ईत्यादि गरी नौ थरि पु¥याएर ग्रह फालिने गरिन्छ भने ल्होसार भनेको नयाँ वर्गसँगै नंया वर्ष भएको बताए ।
गुरुङहरुको ठूलो पर्व ल्होसार संघले चितवनका तमू समुदायलाई संगठित गर्दै हरेक वर्ष मनाउदै आएको छ । ल्होसारमा हरेक वर्ष पुष १५ मा ल्हो फेरिने अर्थात् नयाँवर्ष सुरु हुने विश्वासका साथ तमू समुदायले प्रकृति र आफ्नो पितृको पूजागर्ने, ठूला बडाबाट आशिर्वाद लिने गर्दछन् ।
कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष जगतबहादुर टु क्ल्हेप्री तमू, निवर्तमान उपाध्यक्ष तुलाराम टु क्ल्हेप्री तमू, वरिष्ठ उपाध्यक्ष शान्ति तमूस्यो लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमका प्रमुख अतिथिको रुपमा बागमति प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री माननीय कृष्णलाल भडेल आउने संघले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.62
152.22
European Euro
1
176.47
177.17
UK Pound Sterling
1
204.25
205.06
Swiss Franc
1
192.51
193.27
Australian Dollar
1
108.29
108.72
Canadian Dollar
1
109.25
109.68
Singapore Dollar
1
118.15
118.62
Japanese Yen
10
9.48
9.52
Chinese Yuan
1
22.41
22.50
Saudi Arabian Riyal
1
40.38
40.54
Qatari Riyal
1
41.62
41.79
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
41.28
41.45
Malaysian Ringgit
1
37.64
37.79
South Korean Won
100
9.85
9.89
Swedish Kroner
1
16.24
16.30
Danish Kroner
1
23.61
23.70
Hong Kong Dollar
1
19.35
19.43
Kuwaity Dinar
1
493.96
495.91
Bahrain Dinar
1
402.07
403.66
Omani Rial
1
393.80
395.36