२०८३ बैशाख २७, आईतवार
May 10, 2026
२०८३ बैशाख २७, आईतवार
May 10, 2026 Sunday

‘सोच सकारात्मक भए जीवन खुशी’ – सामाजिक अभियन्ता अधिकारी

प्रकाशित मिति : २०७८ पुष १२ गते

–प्रमिला तामाङ
चितवन । भरतपुर–२, क्षेत्रपुरस्थित सिद्धि विनायक बचत तथा ऋण सहकारी संस्था लि. ले सहकारी प्रशिक्षण तथा खुशी जीवनका लागि सकारात्मक सोच कार्यक्रम सम्पन्न गरेको छ । संस्थामा आवद्ध सदस्यहरुको क्षमता अभिवृद्धि र काम कर्तव्यका विषयमा आइतबार सो कार्यक्रम गरिएको हो ।
मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष तथा सामाजिक अभियन्ता रामजी अधिकारीले सकारात्मक सोचले नै खुशी जीवन प्राप्त हुने बताए । आत्म चिन्तन र निस्वार्थपूर्वकको सेवाले नै जीवन खुशी हुने उनको धारणा थियो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका अधिकारीले मानव जीवन प्राप्ती भए पश्चात गर्नुपर्ने कार्यहरुको बारेमा चर्चा गरेका थिए । विचारको शुद्धिकरणले नै सोचको शुद्धिकरण हुने भएकोले परिवर्तन आफैँबाट सुरु गर्ने बेला आएको उनको भनाइ थियो ।
संस्थाका संस्थापक अध्यक्ष शालिकराम घिमिरेले संचालकहरुको संस्थाप्रतिको दूरदर्शिता नभए असक्षम हुने बताए । उनले संचालक समितिका पदाधिकारीहरुको काम, कर्तव्य र अधिकारको विषयमा प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा संस्थाका अध्यक्ष थिरप्रसाद धितालले संस्थालाई गति दिन सबैको सोच सकारात्मक हुनुपर्ने बताए । सबैको साथ सहयोग र इमान्दारिताले नै संस्थाको गरिमालाई बचाउन सकिने उनको धारणा थियो । कार्यक्रममा उनले नेपालमा सहकारीको विकासक्रमबारे चर्चा गरेका थिए ।
संस्थाको गलत ढंगको प्रचार प्रसारले दूरगामी असर पर्ने संस्थाका सचिव मुकुन्दप्रसाद गौतमले बताए । संस्थाहितको लागि सबैको भूमिका र जिम्मेवारी उत्तिकै महत्वपूर्ण भएको उनको भनाइ थियो ।
कार्यक्रममा संस्थाका व्यवस्थापक विकास पौडेलले संस्थाको आर्थिक गतिविधिबारे प्रकाश पारेका थिए । उनले संस्थाले हप्ताकै सातै दिन सेवा दिएको अवगत गराउँदै शनिबार १२ बजेसम्म रहने जानकारी दिए ।
कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष पुरुषोत्तम गौतम, कोषाध्यक्ष जयराम पाण्डे, संगीता गौतम, इन्दिरा पन्त, भगवती पाण्डे लगायत ४५ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.88
151.48
European Euro
1
177.54
178.25
UK Pound Sterling
1
205.30
206.12
Swiss Franc
1
193.82
194.59
Australian Dollar
1
109.18
109.61
Canadian Dollar
1
110.56
110.99
Singapore Dollar
1
119.01
119.49
Japanese Yen
10
9.62
9.66
Chinese Yuan
1
22.18
22.27
Saudi Arabian Riyal
1
40.22
40.38
Qatari Riyal
1
41.41
41.58
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
41.08
41.25
Malaysian Ringgit
1
38.48
38.63
South Korean Won
100
10.29
10.33
Swedish Kroner
1
16.39
16.46
Danish Kroner
1
23.76
23.85
Hong Kong Dollar
1
19.27
19.35
Kuwaity Dinar
1
492.75
494.71
Bahrain Dinar
1
399.84
401.43
Omani Rial
1
391.89
393.45