Opens in a new tab
२०८३ आश्विन २२, बिहीबार
October 8, 2026
२०८३ आश्विन २२, बिहीबार
October 8, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

‘सोच सकारात्मक भए जीवन खुशी’ – सामाजिक अभियन्ता अधिकारी

प्रकाशित मिति : २०७८ पुष १२ गते

–प्रमिला तामाङ
चितवन । भरतपुर–२, क्षेत्रपुरस्थित सिद्धि विनायक बचत तथा ऋण सहकारी संस्था लि. ले सहकारी प्रशिक्षण तथा खुशी जीवनका लागि सकारात्मक सोच कार्यक्रम सम्पन्न गरेको छ । संस्थामा आवद्ध सदस्यहरुको क्षमता अभिवृद्धि र काम कर्तव्यका विषयमा आइतबार सो कार्यक्रम गरिएको हो ।
मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष तथा सामाजिक अभियन्ता रामजी अधिकारीले सकारात्मक सोचले नै खुशी जीवन प्राप्त हुने बताए । आत्म चिन्तन र निस्वार्थपूर्वकको सेवाले नै जीवन खुशी हुने उनको धारणा थियो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका अधिकारीले मानव जीवन प्राप्ती भए पश्चात गर्नुपर्ने कार्यहरुको बारेमा चर्चा गरेका थिए । विचारको शुद्धिकरणले नै सोचको शुद्धिकरण हुने भएकोले परिवर्तन आफैँबाट सुरु गर्ने बेला आएको उनको भनाइ थियो ।
संस्थाका संस्थापक अध्यक्ष शालिकराम घिमिरेले संचालकहरुको संस्थाप्रतिको दूरदर्शिता नभए असक्षम हुने बताए । उनले संचालक समितिका पदाधिकारीहरुको काम, कर्तव्य र अधिकारको विषयमा प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा संस्थाका अध्यक्ष थिरप्रसाद धितालले संस्थालाई गति दिन सबैको सोच सकारात्मक हुनुपर्ने बताए । सबैको साथ सहयोग र इमान्दारिताले नै संस्थाको गरिमालाई बचाउन सकिने उनको धारणा थियो । कार्यक्रममा उनले नेपालमा सहकारीको विकासक्रमबारे चर्चा गरेका थिए ।
संस्थाको गलत ढंगको प्रचार प्रसारले दूरगामी असर पर्ने संस्थाका सचिव मुकुन्दप्रसाद गौतमले बताए । संस्थाहितको लागि सबैको भूमिका र जिम्मेवारी उत्तिकै महत्वपूर्ण भएको उनको भनाइ थियो ।
कार्यक्रममा संस्थाका व्यवस्थापक विकास पौडेलले संस्थाको आर्थिक गतिविधिबारे प्रकाश पारेका थिए । उनले संस्थाले हप्ताकै सातै दिन सेवा दिएको अवगत गराउँदै शनिबार १२ बजेसम्म रहने जानकारी दिए ।
कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष पुरुषोत्तम गौतम, कोषाध्यक्ष जयराम पाण्डे, संगीता गौतम, इन्दिरा पन्त, भगवती पाण्डे लगायत ४५ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.98
154.58
European Euro
1
173.17
173.84
UK Pound Sterling
1
203.95
204.75
Swiss Franc
1
185.24
185.96
Australian Dollar
1
107.32
107.74
Canadian Dollar
1
107.91
108.33
Singapore Dollar
1
120.44
120.91
Japanese Yen
10
9.73
9.77
Chinese Yuan
1
22.97
23.06
Saudi Arabian Riyal
1
41.02
41.18
Qatari Riyal
1
42.24
42.41
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.93
42.09
Malaysian Ringgit
1
37.69
37.84
South Korean Won
100
11.50
11.55
Swedish Kroner
1
15.39
15.45
Danish Kroner
1
23.17
23.26
Hong Kong Dollar
1
19.62
19.70
Kuwaity Dinar
1
499.69
501.64
Bahrain Dinar
1
408.41
410.00
Omani Rial
1
399.95
401.51