–प्रमिला तामाङ
चितवन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) केन्द्रले आगामी माघ ७ र ८ गते हुने संघीय सातौं राष्ट्रिय महाधिवेशनको तयारी तिब्र पारेको छ । उक्त महाधिवेशनका लागि फोनिज केन्द्रीय समितिका पदाधिकारीहरुले जिल्ला शाखाका समितिसँग शुक्रबार विशेष भेटघाट तथा छलफल गरेका छन् ।
चितवनको सौराहामा हुने महाधिवेशनका लागि २३ लाख खर्च अनुमान गरिएको अध्यक्ष डण्ड गुरुङले जानकारी दिए । उक्त महाधिवेशनका लागि फोनिज चितवन शाखाले सहजीकरण गर्ने भएको हो । भौगोलिक दूरीका हिसाबले चितवन पायक पर्ने भएकाले सौराहालाई महाधिवेशन स्थल छानिएको हो ।
महाधिवेशनका लागि देशैभरका ६० वटा जिल्ला शाखाका प्रतिनिधिहरुको उपस्थिति हुने फोनिज केन्द्रका महासचिव मनोज घर्ती मगरले जानकारी दिए । महासचिव मगरका अनुसार ४ सय बढी महाधिवेशन प्रतिनिधिहरु चितवन आउने भएका हुन् ।
उक्त बैठकमा जनजातिलाई केन्द्रित गर्दै अवलोकन भ्रमण, चितवनको शान र मान, देशैभरका प्रतिनिधिलाई केन्दबिन्दु मानेर चितवनको सौराहामा महाधिवेशन गर्न लागिएको फोनिज केन्द्रका वरिष्ठ उपाध्यक्ष गजुर्धन राईले बताए ।
देशकै चर्चित पर्यटकीय गन्तव्य, हरेक कोणबाट सुविधा सम्पन्न भएकाले महाधिवेशनलाई सभ्य र भब्यकासाथ सम्पन्न गर्न सौराहा सहज हुने संघीय कोषाध्यक्ष अमरध्वज तामाङले बताए ।
बैठकमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) केन्द्रका अध्यक्ष डण्ड गुरुङ, वरिष्ठ उपाध्यक्ष गर्जुधन राई, महासचिव मनोज घर्ती मगर र कोषाध्यक्ष अमरध्वज तामाङ, बागमती प्रदेश फोनिजका उपाध्यक्ष राजेश रुम्बा तामाङ, फोनिज चितवनका संस्थापक अध्यक्ष सन्तकुमार चौधरी, निवर्तमान अध्यक्ष सन्दिप श्रेष्ठलगायतको उपस्थिति थियो ।
पछिल्लो समय चौतर्फी दृष्टिकोणबाट पायक पर्ने तथा सुविधा सम्पन्न भएकाले विभिन्न ठूला र साना पार्टीले महाधिवेशन चितवनमा नै गर्दै आएका छन् । चितवनलाई नेपालकै दोश्रो राजधानीको रुपमा समेत हेरिँदै आएको छ ।
- ADVERTISEMENT -

चितवनमा फोनिज संघीय महाधिवेशनको तयारी तिब्र, ४ सय बढी प्रतिनिधि आउने

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

‘वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास छैन’

‘नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौ’

लामो बिदाका कर्मचारीलाई तीन दिनभित्र हाजिर हुन निर्देशन

सत्ताको शक्तिको भरमा विपक्षलाई निमिट्यान्न पार्न खोज्नु लोकतान्त्रिक हैन – पूर्वप्रधानमन्त्री कार्की

तनहुँका अंकित कविता प्रतियोगितामा प्रथम
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.62
152.22

European Euro
1
176.47
177.17

UK Pound Sterling
1
204.25
205.06

Swiss Franc
1
192.51
193.27

Australian Dollar
1
108.29
108.72

Canadian Dollar
1
109.25
109.68

Singapore Dollar
1
118.15
118.62

Japanese Yen
10
9.48
9.52

Chinese Yuan
1
22.41
22.50

Saudi Arabian Riyal
1
40.38
40.54

Qatari Riyal
1
41.62
41.79

Thai Baht
1
4.65
4.67

UAE Dirham
1
41.28
41.45

Malaysian Ringgit
1
37.64
37.79

South Korean Won
100
9.85
9.89

Swedish Kroner
1
16.24
16.30

Danish Kroner
1
23.61
23.70

Hong Kong Dollar
1
19.35
19.43

Kuwaity Dinar
1
493.96
495.91

Bahrain Dinar
1
402.07
403.66

Omani Rial
1
393.80
395.36







