गैँडाको खाग चोरी निकासी गर्ने फरार एक अभियुक्त पक्राउ
चितवन । गैँडा मारेर खाग चोरी निकासी गरेको मुद्दामा फरार रहेका एक अभियुक्तलाई चितवन राष्ट्रिय निकुञ्जले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तनहुँको शक्लागण्डकी नगरपालिका–२ कोत्रेबजार बस्ने कमल गुरुङ रहेका छन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार बुधबार बिहान १ः३० बजे आँबुखैरेनी गाउँपालिका–१ सत्रसयबाट उनलाई पक्राउ गरिएको हो ।
विसं २०७७ भदौ २१ गते निकुञ्जका अमलटारी सेक्टरअन्तर्गत बाँदरझुला टापुको रातोघोल क्षेत्रमा माउ र बच्चा गरी दुई गैँडा मारेर खाग तस्कर गर्ने कार्यमा संलग्न रहेको आरोपमा उनलाई जिल्ला प्रहरी कार्यालय तनहुँ र निकुञ्जको संयुक्त टोलीले पक्राउ गरिएको सूचना अधिकारी तिवारीले जानकारी दिनुभयो ।
गैँडा मारी खाग चोरी शिकारी गरी फरार रहेका उनलाई गोप्य सूचनाका आधारमा पक्राउ गरिएको हो । सो घटनामा उनीसँगै १३ जना सहभागी रहेको खुल्न आएको भए पनि हालसम्म ११ जनालाई पक्राउ गरी अदालतमा बुझाइएको उहाँले जानकारी दिनुभयो ।
पक्राउ परेका उनलाई २८ गते नै नवलपुर जिल्ला अदालतमा बुझाइएको सूचना अधिकारी तिवारीले बताउनुभयो । यस मुद्दामा अझै दुई जना फरार रहेको निकुञ्जले जनाएको छ ।
- ADVERTISEMENT -

खाग चोरी निकासीका फरार अभियुक्त पक्राउ

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
148.39
148.99

European Euro
1
175.06
175.76

UK Pound Sterling
1
200.75
201.56

Swiss Franc
1
189.65
190.41

Australian Dollar
1
106.40
106.83

Canadian Dollar
1
108.49
108.93

Singapore Dollar
1
116.62
117.09

Japanese Yen
10
9.32
9.36

Chinese Yuan
1
21.75
21.84

Saudi Arabian Riyal
1
39.56
39.72

Qatari Riyal
1
40.70
40.86

Thai Baht
1
4.63
4.65

UAE Dirham
1
40.40
40.56

Malaysian Ringgit
1
37.54
37.70

South Korean Won
100
10.03
10.07

Swedish Kroner
1
16.18
16.25

Danish Kroner
1
23.42
23.52

Hong Kong Dollar
1
18.95
19.03

Kuwaity Dinar
1
484.62
486.58

Bahrain Dinar
1
393.53
395.12

Omani Rial
1
385.42
386.98













