चितवन / पुर्वी चितवनको रत्नानगर-१०, मंगलपुरमा रहेको गामबेसीको चेपाङ संरक्षण केन्द्र (चेपाङ छात्रबास)मा आश्रित चेपाङ विद्यार्थीहरुलाई जन्मदिनको अबसरमा २ छाकको खाना तथा खाद्यान्न सहयोग गरिएको छ ।
रत्ननगर-१० बैरिया स्थित बिकाश ग्रोसरीका संचालक बिकाश पौडेलले आज परेको आफ्नो जन्मदिनको पावन अवसरमा केन्द्रमा आश्रित विद्यार्थीहरुलाई २ छाकको खाना खुवाएका हुन ।
त्यस्तैगरि खैरहनी-८, पर्शा घर भै हाल अमेरिका बस्ने शुरेस उप्रेतीले पनि आफ्नो जन्मदिनको अबसरमा रु.६ हजार ९० रुपैया र खैरहनी-६ स्थित ईन्टरनेशनल कलेजका प्राचार्य भिष्मराज पाठकले पनि जन्मदिन कै अबसरमा २ हजार रुपैयाँ सहयोग गरेका थिए ।
समाजसेवी मुरलीप्रसाद गजुरेलको समन्वयमा सो रकमको ५ बोरा चामल, १० किलो दाल, तरकारी लगायतका सामाग्रीहरु चेपाङ केन्द्रका अध्यक्ष केपी किरण शर्मालाई आज एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको थियो ।
केन्द्रमा बिपन्न बस्तीका २ सय चेपाङ बालबालिका आवासिय रूपमा रही अध्ययन गरिरहेका छन । केन्द्रको दिगो आम्दानीको श्रोत नहुँदा बिपन्न चेपाङ विद्यार्थीहरुलाई पढाउन र आवासीय रूपमा ब्यबस्थापन गर्न सहयोगी दाताहरुकै भर पर्नुपरेको केन्द्रका अध्यक्ष शर्माले बताए ।
जन्मदिनको अबसरमा खाना तथा खाद्यान्न सहयोग
January 15, 2022

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
