२०८२ माघ ३, शनिबार
January 17, 2026
२०८२ माघ ३, शनिबार
January 17, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

कोइला तापेर सुतेका चार जनाको मृत्यु

प्रकाशित मिति : २०७८ माघ २ गते
- ADVERTISEMENT -

सुर्खेत / वीरेन्द्रनगर–१० बुदबुदीमा राति कोइला बालेर सुतेका चारजना मृत फेला परेका छन् । कोइला बालेर कोठामा सुतिरहेका आमासहित तीन बालकको शुक्रबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कनक शाहीले जानकारी दिए ।
घटनाबारे आफूहरुलाई शनिबार राति साढे सात बजेमात्रै थाहा भएको उनले बताए । उनका अनुसार ३५ वर्षीया कल्पा बुढा (बिसी), ९ वर्षीय छोरा निरज बुढा, आठ वर्षीय छोरा चिरञ्जीवी बुढा र पाँच वर्षीय सोमराज बुढाको मृत्यु भएको हो ।
कल्पाका श्रीमान कृष्णबहादुर विसी जाजरकोटको शिवालय गाउँपालिकामा कार्यरत छन् । मृतक सोमराज कृष्णका दाइका छोरा हुन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -