२०८३ असार १०, बुधबार
June 24, 2026
२०८३ असार १०, बुधबार
June 24, 2026 Wednesday
- ADVERTISEMENT -

कोरोनाको उच्च जोखिममा चितवन, ८२८ जना सक्रिय सङक्रमित

प्रकाशित मिति : २०७८ माघ ३ गते
Coronavirus economic impact concept image

चितवन / चितवनमा कोरोना भाइरसको सङ्क्रण तीव्र गतिमा फैलिएको छ । पछिल्ला केही दिनयता सङ्क्रमण निरन्तर बढ्दै गएपछि सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच सय नाघेको छ । सक्रिय सङ्क्रमित पाँच सय नाघेपछि जिल्लालाई उच्च जोखिम क्षेत्र (रेड जोन) मा राखिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार गत पुस २६ गतेदेखि कोरोना सङ्क्रमण बढ्दै गएको हो । पुस २५ गते जिल्लामा ८२ सक्रिय सङ्क्रमित रहेकामा माघ २ गते परीक्षण गरिँदा १९० जनमा कोरोना सङ्क्रमण देखिएको छ । जिल्लामा अहिले सक्रिय कोरोना सङक्रमितको सङ्ख्या ८२८ पुगेको छ ।
आइतबार जिल्लाका चार प्रयोगशालामा ४११ जनाको स्वाब परीक्षण गर्दा १५० जनामा र एन्टिजोन परीक्षण ९० जनाको गरिँदा ४० जनामा सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमित प्रतिशत ३७ पुगेको कार्यालयका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालले जानकारी दिए । पिसिआर परीक्षण र एन्टिजेन परीक्षणका क्रममा कोरोना सङ्क्रमण बढ्दै जान थालेको उनले बताए ।
गत पुस २६ गते जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ११९, २७ गते १६२, २८ गते २४० र २९ गते ३२७ रहेको थियो । अहिले जिल्लामा दैनिक कोभिड–१९ परीक्षण दर र सङ्क्रमण दर बढ्दै गएको छ ।
गत पुस ३० गते ३६० जनाको परीक्षण गर्दा ३७ दशमलब ५० प्रतिशतमा सङ्क्रमण देखिएको ढकालले जानकारी दिए । उक्त दिन ३६० जनाको परीक्षण गर्दा १३५ मा कोरोना सङ्क्रमण देखिएको थियो ।
शनिबार जिल्लाका दुई पिसिआर ल्याब (चितवन मेडिकल कलेज र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल) मा गरिएको परीक्षणमा २४ प्रतिशतमा कोरोना सङ्क्रमण देखिएको छ । तथ्याङ्क अनुसार २२५ को परीक्षणका क्रममा ५४ जनामा कोरोना देखिएको थियो ।
जिल्लामा रहेका सक्रिय सङ्क्रमितमध्ये २६ जना अस्पतालमा भर्ना भएका छन् भने ८०२ जना होम आइसोलेशनमा छन् । यहाँ हालसम्ममा २८ हजार ६८ जना सङ्क्रमित भइसकेका छन् भने २६ हजार ८०३ जना निको भइसकेका छन् ।
कोरोनाबाट ४३७ जनाको मृत्यु भइसकेको छ । जिल्लामा रहेका सक्रिय सङ्क्रमितमध्ये ६६६ जना भरतपुर महानगरपालिकाका छन् । यस्तै सङ्क्रमितमध्ये खैरहनी नगरपालिकाका २७, माडी नगरपालिकाका १५, रत्ननगर नगरपालिकाका ७२, राप्ती नगरपालिकाका १९ र कालिका नगरपालिकाका १६ छन् ।
सङ्क्रमित बढे पनि जिल्लामा सावधानी भने अपनाएको पाइँदैन । मास्कको प्रयोग बढेपनि भीडभाड कायमै छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.28
151.88
European Euro
1
172.39
173.07
UK Pound Sterling
1
199.94
200.73
Swiss Franc
1
186.85
187.59
Australian Dollar
1
105.03
105.45
Canadian Dollar
1
106.64
107.07
Singapore Dollar
1
116.76
117.23
Japanese Yen
10
9.37
9.40
Chinese Yuan
1
22.30
22.39
Saudi Arabian Riyal
1
40.30
40.46
Qatari Riyal
1
41.50
41.67
Thai Baht
1
4.56
4.58
UAE Dirham
1
41.19
41.35
Malaysian Ringgit
1
36.54
36.68
South Korean Won
100
9.85
9.88
Swedish Kroner
1
15.60
15.66
Danish Kroner
1
23.06
23.15
Hong Kong Dollar
1
19.30
19.37
Kuwaity Dinar
1
491.73
493.68
Bahrain Dinar
1
401.28
402.87
Omani Rial
1
392.95
394.51