काठमाडौं / नेपालमा थप ४ हजार ९०४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १४ हजार ५६२ जनाको कोरोना परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा पीसीआर विधिबाट ३ हजार ३१८ तथा एन्टिजेन विधिबाट १ हजार ५८६ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै, सो अवधिमा थप ५ हजार ९२४ जना कोरोना संक्रमणमुक्त भएका छन् भने ६ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कूल संक्रमितमध्ये ८ लाख ४८ हजार ३६० जना संक्रमणमुक्त भएका छन् । नेपालमा निको हुने दर ८९.५ प्रतिशत पुगेको छ । यस्तै, संक्रमणका कारण मृत्यु हुनेको कूल संख्या ११ हजार ७०३ जना पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको कूल संख्या ८७ हजार ३२९ जना रहेका छन् ।
मन्त्रालयका अनुसार थप २ लाख ७२ हजार ७४८ जनाले कोभिड–१९ विरुद्धको खोप पनि लगाएका छन् । हालसम्म १ करोड ६५ लाख २७ हजार ७४१ जनाले पहिलो मात्रा, १ करोड ४० लाख १५ हजार ३२४ जनाले दोस्रो मात्रा र ३ लाख ३३ हजार ८३५ जनाले अतिरिक्त मात्रा खोप लगाइसकेका छन् ।
नेपालमा संक्रमित घट्दै, थप ४९०४ मा संक्रमण, ५९२४ जना संक्रमणमुक्त
January 29, 2022

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
