२०८३ जेष्ठ २५, सोमबार
June 8, 2026
२०८३ जेष्ठ २५, सोमबार
June 8, 2026 Monday
- ADVERTISEMENT -

एकीकृत समाजवादीको एमसीसीविरुद्ध प्रदर्शन

प्रकाशित मिति : २०७८ माघ २९ गते

चितवन / नेकपा एकीकृत समाजवादी चितवनले एमसिसीविरुद्ध प्रदर्शन गर्ने भएको छ । एकीकृत समाजवादीको भातृसंगठनहरुको आयोजनामा फागुन १ गते भरतपुर चौबिसकोठीमा प्रदर्शन हुन लागेको हो ।
समाजवादीका जिल्ला कमिटी उपसचिव नरेन्द्र कन्दङवाले आज भरतपुरमा पत्रकार सम्मेलन गरी भोलि फागुन १ गते दिनको एक बजे युवा संघ नेपाल, अनेरास्ववियु, अनेमसंघ (समाजवादी), अनेकिमहासंघ, पेसागत महासंघ नेपाल (समाजवादी), नेपाल खेलकुद महासंघ (समाजवादी), नेपाल दलित मुक्ति संगठनलगायतका मोर्चा संगठनको आयोजनामा भरतपुरको चौबिसकोठीमा दिनको १ बजे एमसिसी सम्झौताविरुद्ध प्रदर्शन गरिने बताए ।
पत्रकार सम्मेलनमा उनले भने, ‘हाम्रो संवैधानिक व्यवस्था ‘समाजवाद उन्मुख अर्थतन्त्त’ ठाउँमा खुला बजार अर्थतन्त्र अपनाउनै पर्ने, हाम्रो देश अमेरिकाको इन्डोप्यासिफक रणनीतिको पार्टनर बन्नुपर्ने र प्रोजेक्ट सम्पन्न भएपछि पनि अनन्तकालसम्म नेपालमै बसिरहन पाउनुपर्ने जस्ता कहालीलाग्दा शर्तहरु कुनै पनि राष्ट्रप्रेमी नेपालीको लागि स्वीकार्य हुन सक्दैन ।’
सम्मेलनमा समाजवादीका केन्द्रीय कमिटी सदस्यत तथा भरतपुर महानगर इन्चार्ज सूर्य शर्मा लामिछानले भने, ‘अमेरिका सरकारले एमसिसी सम्झौतामा कुनै कमा र फुलस्टपसम्मको सुधार हुँदैन भन्ने धम्कीपूर्ण भाषा बोलेपछि पनि यसलाई हाम्रो मुलुकबाट फिर्ता लैजान हामीले अमेरिकी सरकारलाई भन्नैपर्छ ।
खाए खा नखाए घिच्जस्तो गरी अमेरिकी अधिकारीहरुले बारम्बार दिइरहेको ताकेता र धम्कीपूर्ण भनाइले पनि एमसिसी अस्वीकृत गर्ने हाम्रो अडानलाई पुन पुष्टि गरिदिएको छ ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.62
152.22
European Euro
1
176.47
177.17
UK Pound Sterling
1
204.25
205.06
Swiss Franc
1
192.51
193.27
Australian Dollar
1
108.29
108.72
Canadian Dollar
1
109.25
109.68
Singapore Dollar
1
118.15
118.62
Japanese Yen
10
9.48
9.52
Chinese Yuan
1
22.41
22.50
Saudi Arabian Riyal
1
40.38
40.54
Qatari Riyal
1
41.62
41.79
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
41.28
41.45
Malaysian Ringgit
1
37.64
37.79
South Korean Won
100
9.85
9.89
Swedish Kroner
1
16.24
16.30
Danish Kroner
1
23.61
23.70
Hong Kong Dollar
1
19.35
19.43
Kuwaity Dinar
1
493.96
495.91
Bahrain Dinar
1
402.07
403.66
Omani Rial
1
393.80
395.36