काठमाडौं / ईलोक्ट्रिनिक्स सामान चोरी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–४ बिशालनगरस्थित सुरज ईलोक्ट्रिनिक्स मोबाइल पसलबाट उनीहरुले इलेक्ट्रोनिक्स सामान चोरी गरेका हुन् । उनीहरुलाई पसलको पछाडीको झ्याल फुटाई चोरी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा काठमाडौं बुढानिलकण्ठ बस्ने गोरखा गण्डकी नगरपालिका–५ ठेगाना भएका २४ वर्षीय शुरेस गिरी र बुढानिलकण्ठ बस्ने बाँके नेपालगञ्ज उपमहानगरपालिका–५ ठेगाना भएका २२ वर्षीय गणेश क्षेत्री रहेका छन् । उनीहरुलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–२६ गोगंबुस्थित बिजि महल अगाडिबाट चोरीका सामानसहित पक्राउ गरेको हो ।
प्रहरीले उनीहरूको साथबाट ८ थान सिलप्याक मोबाइल, ५ थान पुराना मोबाइल, ६ थान स्मार्ट घडी, १ थान गितार, १ थान पावर बैंक र १ थान आईआर नाईट भिजन समेत बरामद गरेको छ ।
गत माघ १८ गते राति पसलको झ्याल फुटाई पसलमा रहेका विभिन्न कम्पनीका ३७ थान सिलप्याक मोबाइल, १५ थान मर्मतका लागि राखिएका मोबाइल, १ थान गितार र २५ थान स्मार्ट घडी गरी करिब १६ लाख १२ हजार ५ सय रुपैयाँ बराबरको धनमाल चोरी भएको घटनाको छानबिन गर्ने क्रममा उनीहरुको साथबाट उक्त सामान बरामद भएपनि निजहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरूलाई आवश्यक कानुनी कारबाहीको लागि प्रहरीले महानगरीय प्रहरी वृत्त महाराजगन्ज पठाइएको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

१६ लाखको इलेक्ट्रोनिक्स सामान चोरी गर्ने दुई पक्राउ

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -












