२०८३ जेष्ठ २५, सोमबार
June 8, 2026
२०८३ जेष्ठ २५, सोमबार
June 8, 2026 Monday
- ADVERTISEMENT -

महानगर फलफूल बजारमा ६३ जनाको रक्तदान, १०३ जनाले लिए स्वास्थ्यलाभ

प्रकाशित मिति : २०७८ फाल्गुन २० गते


चितवन । भरतपुर महानगरपालिका वडा नं. २ क्षेत्रपुरस्थित महानगर फलफूल तथा तरकारी बजारमा आज शुक्रबार खुल्ला रक्तदान तथा निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । सो क्रममा १४ महिलासहित ६३ जनाले रक्तदान गरेका छन् भने उक्त रक्तचाप तथा मधुमेह परीक्षणमा १०३ जनाले स्वास्थ्यलाभ लिएका हुन् ।
कृषि प्रबर्धन बजार विकास प्रा.लि., सिद्धि विनायक बचत तथा ऋण सहकारी संस्था लि. र फलफूल तथा तरकारी थोक व्यवसायी संघको संयुक्त आयोजनामा खुल्ला रक्तदान तथा निःशुल्क स्वास्थ्य परीक्षण गरिएको हो । पुरानो मेडिकल कलेज भरतपुरको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।


जिल्लामा हाल भइरहेको रगतको अभावलाई केही मात्रामा भए पनि कम गर्न सकियोस् भन्ने हेतुले सो कार्यक्रम राखिएको सिद्धि विनायक साकोसका व्यवस्थापक विकास पौडेलले जानकारी दिए । संस्थाका शेयर सदस्य तथा शुभचिन्तकहरुको स्वास्थ्यलाई ख्याल राख्दै र संस्थाको सामाजिक उत्तरदायित्व वहन गर्दै मानविय सेवाभावको उद्देश्यले खुल्ला रक्तदान तथा निःशुल्क स्वास्थ्य परीक्षण गरिएको उनले बताए ।
कार्यक्रममा नेफ्स्कुन काठमाडौंका उपाध्यक्ष शान्ति अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो भने सिद्धि विनायक बचत तथा ऋण सहकारी चितवनका अध्यक्ष थिरप्रसाद धितालको सभापतित्व सम्पन्न भएको थियो ।

- ADVERTISEMENT -

Advertisement


कृषि प्रबर्धन बजार विकास प्रा.लि. का अध्यक्ष शालिकराम घिमिरे, फलफूल तथा तरकारी थोक व्यवसायी संघका अध्यक्ष मुकुन्दप्रसाद गौतम, भरतपुर महानगर २ का वडाअध्यक्ष पूर्णप्रसाद श्रेष्ठ, चितवन जिल्ला बचत संघ चितवनका अध्यक्ष हरिश्चन्द्र सुवेदी, उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठ लगायतले मन्तव्य दिएका थिए ।
कार्यक्रममा सिद्धि विनायक साकोसका पूर्व अध्यक्ष पुरुषोत्तम गौतम, उवासंघका तृतीय उपाध्यक्ष भोजराज कौडेल, अधिवक्ता जगन्नाथ भण्डारीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रम फलफूल तथा तरकारी थोक व्यवसायी संघ चितवनका वरिष्ठ उपाध्यक्ष जयराम पाण्डेले संचालन गरेका थिए ।
गत वर्ष पनि सोही स्थानमा तीन संस्थाले खुल्ला रक्तदान तथा निःशुल्क स्वास्थ्य परीक्षण गरेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.62
152.22
European Euro
1
176.47
177.17
UK Pound Sterling
1
204.25
205.06
Swiss Franc
1
192.51
193.27
Australian Dollar
1
108.29
108.72
Canadian Dollar
1
109.25
109.68
Singapore Dollar
1
118.15
118.62
Japanese Yen
10
9.48
9.52
Chinese Yuan
1
22.41
22.50
Saudi Arabian Riyal
1
40.38
40.54
Qatari Riyal
1
41.62
41.79
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
41.28
41.45
Malaysian Ringgit
1
37.64
37.79
South Korean Won
100
9.85
9.89
Swedish Kroner
1
16.24
16.30
Danish Kroner
1
23.61
23.70
Hong Kong Dollar
1
19.35
19.43
Kuwaity Dinar
1
493.96
495.91
Bahrain Dinar
1
402.07
403.66
Omani Rial
1
393.80
395.36