२०८३ बैशाख ८, मंगलवार
April 21, 2026
२०८३ बैशाख ८, मंगलवार
April 21, 2026 Tuesday
- ADVERTISEMENT -

कला मन्दिरको कार्य योजना गोष्ठी सम्पन्न

प्रकाशित मिति : २०७८ चैत्र ८ गते

चितवन / नारायणी कला मन्दिर नारायणगढको कार्य योजना तर्जुमा गोष्ठी चितवनको देवनगरमा सम्पन्न भएको छ । विगत २ वर्षसम्म भएका कार्यक्रमको बारेमा निवर्तमान अध्यक्ष उद्दव जोशीले सोमबार जानकारी गराएको हो ।
उध्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठ प्रमुख अतिथि रहेका थिए ।
कार्यक्रममा बोल्ने वक्ताहरूले कला मन्दिरलाई अगाडि बढाउने विषयमा जोड दिएका थिए । कला मन्दिरमा भएका कमिकमजोरीलाई सुधार गरी अगाडि बढ्नु पर्ने वक्ताहरुको राय थियो । सहभागीहरुलाई समूह बनाई अघि बढे आउँदा दिनमा साहित्य र कलाको जगेर्ना गर्न सकिने उनीहरुको भनाइ थियो ।
उक्त कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले कला मन्दिरलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त, गरे । भाषा, साहित्य कला र संस्कृतिको संरक्षण विकास र प्रबर्द्धनका लागि सहकार्य आवश्यक रहेको उनको भनाइ थियो ।
कार्यक्रम उद्योग वाणिज्य संघ चितवनका पूर्व अध्यक्ष उदयकुमार श्रेष्ठले सहजीकरण गरेका थिए । कार्यक्रममा श्रेष्ठले कला मन्दिरले विभिन्न विधामा थुप्रै कलाकारहरु जन्माई देश तथा विदेशमा समेत आफ्नो प्रतिभा देखाउन सफल भएको बताए ।
संस्थाका जिम्मेवार व्यक्तिहरु अझ बढी सक्रिय रुपमा लागि संस्थालाई अगाडि बढाउन उनले सुझाव दिए ।
उक्त कार्यक्रममा कला मन्दिरका पूर्व अध्यक्षहरु राजु श्रेष्ठ, सहन प्रधान, शेखर श्रेष्ठ, बिज्ञानलाल श्रेष्ठ, दिलिप पिया, अम्मर प्रधान, र यस संस्थाका नव निर्वाचित पदाधिकारीहरु तथा कार्यसमिति सदस्यहरुको सहभागिता रहेको थियो । यस्तै उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठ, प्रथम उपाध्यक्ष चिरञ्जीवी सुवेदी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा नारायणी कला मन्दिर नारायणगढका अध्यक्ष सुबिर श्रेष्ठको सभापतित्वमा कार्यक्रम भएको हो । कार्यक्रममा कला मन्दिरका सचिव सनद पियाले कार्यक्रम संचालन गरेका हुन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
148.39
148.99
European Euro
1
174.56
175.26
UK Pound Sterling
1
200.57
201.38
Swiss Franc
1
189.79
190.56
Australian Dollar
1
106.37
106.80
Canadian Dollar
1
108.37
108.80
Singapore Dollar
1
116.83
117.30
Japanese Yen
10
9.35
9.39
Chinese Yuan
1
21.77
21.85
Saudi Arabian Riyal
1
39.56
39.72
Qatari Riyal
1
40.70
40.86
Thai Baht
1
4.65
4.66
UAE Dirham
1
40.40
40.56
Malaysian Ringgit
1
37.54
37.70
South Korean Won
100
10.11
10.16
Swedish Kroner
1
16.19
16.26
Danish Kroner
1
23.36
23.45
Hong Kong Dollar
1
18.95
19.02
Kuwaity Dinar
1
484.38
486.34
Bahrain Dinar
1
393.61
395.20
Omani Rial
1
385.93
387.49