काठमाडौं / सत्तारुढ गठबन्धनको बैठक सकिएको छ । बैठकले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सबै स्थानीय तहमा गठबन्धन गरेर अगाडि जाने निर्णय गरेको छ ।
साथै निर्वाचनका लागि गठबन्धनले प्रदेश, जिल्ला र गाउँपालिकास्तरीय संयन्त्र बनाउने भएको छ । बिहीबार बसेको गठबन्धनको बैठकले त्यस्तो संयन्त्र बनाउने निर्णय गरेको सरकारका प्रबक्ता तथा काँग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले बैठकपछि जानकारी दिए ।
‘आगामी वैशाख ३० गते हुने निर्वाचनमा तालमेल गरेर जाने निर्णय भएको छ । त्यसका निमित्त दलहरूका प्रदेशमा प्रदेश इन्चार्ज, जिल्लामा जिल्ला स्तरीय नेता र गाउँपालिकामा पनि प्रमुखहरुको संयन्त्र बन्छ’, कार्कीले भने । तीनै तहका संयन्त्रले वस्तुगत तथ्य पेश गरेपछि त्यसबारे थप निर्णय गर्ने बताए ।
उनले ती संयन्त्रलाई आगामी चैत २२ गतेभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिएको पनि जानकारी दिए । कार्कीका अनुसार आगामी स्थानीय तह निर्वाचनमा पाँच दलीय गठबन्धन मिलेरै चुनावमा जाने निर्णय भएको पनि जानकारी दिए ।
निर्वाचनका लागि सबै स्थानीय तहमा संयत्र बनाउने गठबन्धनको निर्णय
March 31, 2022

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
