काठमाडौँ / चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा सबैजसो खाद्य सामग्रीको मुल्य आकाशिएको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख भएअनुसार साउन महिनादेखि चैतसम्ममा अधिकाँश उपभोग्य वस्तुको मूल्य आकाशिएको हो । यो अवधिमा नेपालको समग्र मुद्रास्फीति (महँगी) ७.२८ प्रतिशत रहेको जनाइएको छ । गत आर्थिक वर्षको सोही अवधिमा मुद्रास्फीति ३.१० प्रतिशतमा सिमित भएको थियो । केन्द्रीय बैंकका अनुसार यो वर्ष सबैजसो खाद्य वस्तुको मूल्य उकालो लागेको छ भने खानेतेल, दाल, गेडागुडी, अण्डा, मासु, पेयपदार्थ लगायतको मूल्य समेत बढिरहेको छ ।
यस अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.४० प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ७.१८ प्रतिशत छ । यस्तै, गत आर्थिक वर्ष २०७७÷७८ को चैत मसान्तको तुलनामा घ्यू तथा तेलको मूल्यवृद्धि २८.३६ प्रतिशतसम्म छ । यसैगरी, दुग्ध पदार्थ तथा अण्डाको मूल्य ११.५६ प्रतिशत बढेको छ भने दाल तथा गेडागुडीको मूल्य १०.५३ प्रतिशतले बढेको छ । यसका साथै, सुर्तीजन्य पदार्थको मूल्य ८.९१ प्रतिशतले बढेको केन्द्रीय बैंकले जानकारी दिएको छ ।
साथै, गैर–खाद्य तथा सेवा समूह अन्तर्गत यातायात भाडा २०.१६ प्रतिशतले बढेको छ । यसैगरी, शिक्षातर्फको महँगी ८.७९ प्रतिशतले बढ्दा विविध वस्तु तथा सेवाको महँगी ८.१७ प्रतिशतले बढेको छ । यसरी, चालू वर्षको समग्र मूल्यवृद्धि हेर्दा खानेतेलको मूल्य सबैभन्दा धेरैले बढेको छ भने सार्वजनिक यातायातको भाडा पनि उच्चदरले बढेको पाइएको छ । यस्तै, यस अवधिमा निर्माण सामग्रीको थोक मूल्यवृद्धि २५.२२ प्रतिशत छ ।
यही समयमा तलब तथा ज्यालादर गत वर्षको चैत मसान्तको तुलनामा ८.५२ प्रतिशत बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त सूचकाङ्क १.८९ प्रतिशतले बढेको थियो । समीक्षा महिनामा तलब सूचकाङ्क र ज्यालादर सूचकाङ्क क्रमशः ९।४४ प्रतिशत र ८.२७ प्रतिशतले बढेको छ ।
९ महिनाको अवधिमा खानेतेलको २८ प्रतिशतसम्म मूल्यवृद्धि

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.81
153.41

European Euro
1
177.31
178.00

UK Pound Sterling
1
205.23
206.04

Swiss Franc
1
194.66
195.43

Australian Dollar
1
108.91
109.34

Canadian Dollar
1
110.57
111.00

Singapore Dollar
1
119.39
119.86

Japanese Yen
10
9.60
9.64

Chinese Yuan
1
22.49
22.58

Saudi Arabian Riyal
1
40.72
40.88

Qatari Riyal
1
41.92
42.09

Thai Baht
1
4.68
4.70

UAE Dirham
1
41.60
41.77

Malaysian Ringgit
1
38.51
38.66

South Korean Won
100
10.05
10.09

Swedish Kroner
1
16.32
16.38

Danish Kroner
1
23.73
23.82

Hong Kong Dollar
1
19.50
19.58

Kuwaity Dinar
1
498.08
500.03

Bahrain Dinar
1
405.33
406.92

Omani Rial
1
397.43
398.99












