अमेरिका / नेपालमा विदेशी मुद्राको अभाव टार्न विदेशमा वस्ने नेपालीका लागि अमेरिकी डलरमा खाता खोल्न अभिपे्ररित गर्ने उद्देश्यले विभिन्न प्रावधान ल्याए पनि असफल भएको छ ।
विदेशमा वस्ने नेपालीले नेपाली बैंकमा डलर खाता खोल्न चासो नै नदेखाएको राष्ट्र बैंक सम्वद्ध वरिष्ठ अधिकारीले बताए ।
डलर खाता खोल्न अभिप्रेरित गर्ने उद्देश्यले सरकार र राष्ट्र बैंकले गैर आवासीय नेपाली संघ (एनआरएनए)संग मिलेर तीन पटक छलफल कार्यक्रम समेत आयोजना गरेका थिए ।
भर्चुयल मार्फत भएका यस्ता छलफलमा अर्थमन्त्री, अर्थसचिव राष्ट्र बैंकका वरिष्ठ अधिकारी, एनआरएनएका अध्यक्ष लगायत पदाधिकारीहरु समेतको सहभागिता थियो । तर, यो छलफल भाषण गर्ने र सुनाउने वाहेक कुनै उपलव्धिपुर्ण नभएको अर्थमन्त्रालयका अधिकारीले वताए ।
यसवाट अर्थमन्त्रालयले एनआरएनएको प्रभावको समेत मूल्यांकन गर्न थालेको छ । विवादै विवादमा फसेको एनआरएनए प्रति अहिले विदेशमा वस्ने नेपालीले चासो देखाउन छाडेका छन् । तीन अध्यक्ष कयौं पदाधिकारी भएको वर्तमान कार्यसमितिले पनि ठोस काम गर्न सकेको छैन । संस्था भित्र जटिलता थपिंदै गएका छन् ।
उच्च आयातका कारण नेपाललाई अहिले पहिलेको भन्दा वढी विदेशी मुद्रा चाहिएको छ । नेपालको विदेशी मुद्राको संचिति मुख्य रुपमा डलरमा छ । नेपालमा थप अमेरिकी डलर भित्राउन सकिन्छ कि भन्ने उद्देश्यले सरकार र राष्ट्र बैंकले एनआरएनए मार्फत डलर खाता खोल्न अभिप्ररित गर्न सकिन्छ कि भन्ने सोचेको थियो । तर, यो भएन ।
हाल नेपालमा बार्षिक करिव यो आर्थिक बर्षको नौ महिनामा नेपालमा ७२४ अर्व ७४ करोड रुपैंया रेमिट्यान्सका रुपमा भित्रिएको छ । यस मध्ये अधिकांश पैसा दैनिक उपभोगमा जाने गरेको छ ।
नेपालमा डलर खाता खोलेर वचत गर्दा पाउने व्याजदर आकर्षक छैन । विदेशवाट नेपालमा पैसा लंैजाँदा र ल्याउंदा पनि केही केही पर्छ । विदेशमा वसेर उद्योग व्यवसाय गरेका नेपालीहरु पनि छन् । तर, उनीहरु पैसा वचत खातामा राखेर व्याज खानेभन्दा पनि लगानी नै गर्न चाहन्छन् । त्यही भएर डलर खाता नखोलिएको हो ।
एनआरएनए भित्र के गर्दा अहिले भन्दा वढी डलर पठाउन सकिन्छ भन्ने कुनै अध्ययन र जानकारी छैन । न त सरकारले नै विदेशमा वस्ने नेपालीवाट कसरी वढी रेमिट्यान्स प्राप्त गर्न सकिन्छ भन्ने योजना नै वनाएको छ । खाली कर्मकाण्डी रुपमा विदेशमा वस्ने नेपालाीको डलर खाताका विषयमा छलफल गरिएका थिए ।
नेपालमा अमेरिकी डलरको माग वढ्दै गएकाले यसलाई वढाउन केही न केही नगरी नहुने अवस्था छ । (हिमालयखबरबाट)
- ADVERTISEMENT -

नेपालमा डलर खाता खोल्न विदेशमा बस्ने नेपालीको छैन चासो
May 18, 2022

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
