२०८२ जेष्ठ ७, बुधबार
May 21, 2025
२०८२ जेष्ठ ७, बुधबार
May 21, 2025 Wednesday

वडाध्यक्ष कंडेलले भने – आदिवासी, जनजाति र एकल महिलाको कार्यक्रमलाई प्राथमिकता

प्रकाशित मिति : २०७९ जेष्ठ २५ गते
- ADVERTISEMENT -

चितवन / भरतपुर महानगरपालिका वडा नं. ९ का वडाध्यक्ष यमनाथ कंडेलले आदिवासी, जनजाति, एकल महिला लगायतका कार्यक्रमलाई जनताको माग अनुसार अघि बढाइने बताए ।
स्थानीय तह निर्वाचन सत्ता गठबन्धन नेकपा एकीकृत समाजवादीबाट निर्वाचित भएका वडाध्यक्ष कंडेलले भावी दिनमा आदिवासी, जनजाति, एकल महिला, वातावरण र शिक्षा लगायतका कार्यक्रमलाई जनताको माग अनुसार अघि बढाइने बताएका हुन् ।
उनले रोजमूलक कार्यक्रम, आर्थिक रुपमा विपन्न भएकालाई आर्थिक समुन्नततर्फ विशेष ध्यान दिने आश्वासन दिएका छन् । बालबालिकाको क्षेत्र, टोलविकास संस्था, बुद्धिजीवी सर्कल सबैको माग अनुसार प्राथमिकताको आधारमा काम गर्दै लैजाने उनको भनाइ छ ।
यस वडामा कम्पनी र फैक्ट्रीहरु बढी भएकोले वातावरण प्रदूषण बढेको र यसको न्यूनीकरणमा जोड दिइने उनले भने । उनका अनुसार विद्युत व्यवस्थापन, पोल, ट्रान्समिटरको कमी जस्ता पूर्वाधारको क्षेत्रमा पनि छिट्टै नै पहल गरिने छ ।
यस्तै खानेपानीको ठूलो समस्या र डुबान क्षेत्र भएकोले ढल र नालीको काम पनि सँगसँगै निर्माण सम्पन्न गर्दै लैजाने बताएको छ । यसअघि पनि वडा नं. ९ मा वडाध्यक्ष भइसकेका वडाध्यक्ष कंडेलले हिजोका बाँकी रहेका कार्यक्रमलाई निरन्तरता र पूर्णता दिने पनि उनले प्रतिबद्धता व्यक्त गरे ।
उनले वडामा निर्वाचित भएसँगै पहिलो बैठकबाट वडाका स्थायी वासिन्दाका बालबालिकालाई कक्षा १ मा भर्ना सँगसँगै पुस्तक, पोशाक, जुत्ता, झोलासहितको स्टेशनरी निःशुल्क वितरण गरिने निर्णय गरेको छ ।
वडा नं. ९ मा पर्ने चितवन मा.वि, भरतपुर मा.वि. शरदपुर मा.वि., नारायणी मावि लगायतका वडा नं. ९ मा वरिपरि पर्ने कक्षा १ मा भर्ना हुने सबै विद्यार्थीहरुलाई निःशुल्क गरिएको जानकारी दिए ।

- ADVERTISEMENT -