२०८३ असार १३, शनिबार
June 27, 2026
२०८३ असार १३, शनिबार
June 27, 2026 Saturday
- ADVERTISEMENT -

भरतपुर विमानस्थल अगाडिका घरटहरा भत्काइयो

प्रकाशित मिति : २०७९ असार ८ गते
Photo : Halkaro

चितवन / सडक डिभिजन कार्यालय भरतपुरले सडक बिस्तार गर्न भन्दै विमानस्थल वरपरका घरटहरा भत्काएको छ । लालपुर्जा हातमा भएको प्रमाण देखाएर सुरक्षित वसोवास सहितको क्षतिपूर्ति माग गरेका स्थानीयलाई बेवास्ता गरी भत्काएकोमा स्थानीयले विरोध जनाएका छन् ।
सर्वाेच्चमा मुद्दा हुँदाहँुदै भरतपुर विमानस्थल अगाडिका घर टहरा भत्काइएकोले स्थानीय आक्रोशित भएका हुन् । सडक मापदण्डमा रहेका घरटहरा हटाउन डिभिजनले भने यस अघि नै पटक पटक सूचना जारी गरेको थियो । तर अटेर गरेपछि भत्काइएको सडक डिभिजनले जनाएको छ । सर्वाेच्च अदालतमा मुद्दा परेको भए पनि अन्तिम फैसला आएको सडक डिभिजनको दावी छ ।
यद्यपि हातमा लालपुर्जा भएपछि सरकारले उठीवास लगाउन मिल्छ भन्दै स्थानीयले प्रश्न गरेका छन् । सडक विस्तार विकासको आयोजना भएकाले सहयोग गर्न तयार रहेपनि लालपुर्जा भएको जग्गा भवनको क्षतिपूर्ति दिन उनीहरुको आग्रह छ । सडकले भने पुर्व पश्चिम सडक विस्तारका क्रममा तथा त्यसपछिका दिनमा पनि मापदण्ड कायम गरेर क्षतिपूर्ति दिइसकेको दाबी गर्दै आएको छ ।
हातमा लालपुर्जा भएको बारे भने लगत कट्टा गर्न बाँकी रहेको सडक डिभिजनले बताए पनि स्थानीयको भने क्षतिपूर्ति नै नपाएको गुनासो छ । अहिले पुल्चोकदेखि गोन्द्राङ सडक विस्तारको कार्य चलिरहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.74
151.34
European Euro
1
171.96
172.64
UK Pound Sterling
1
199.28
200.07
Swiss Franc
1
186.52
187.27
Australian Dollar
1
104.03
104.44
Canadian Dollar
1
106.26
106.69
Singapore Dollar
1
116.52
116.99
Japanese Yen
10
9.33
9.36
Chinese Yuan
1
22.17
22.26
Saudi Arabian Riyal
1
40.14
40.30
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.52
4.54
UAE Dirham
1
41.04
41.21
Malaysian Ringgit
1
36.88
37.03
South Korean Won
100
9.80
9.84
Swedish Kroner
1
15.55
15.61
Danish Kroner
1
23.00
23.10
Hong Kong Dollar
1
19.22
19.30
Kuwaity Dinar
1
489.57
491.52
Bahrain Dinar
1
399.84
401.43
Omani Rial
1
391.55
393.11