काठमाडौं / सशस्त्र प्रहरीले ८३ लाखभन्दा बढी नेपाली रुपैयाँ बरामद गरेको छ । जनकपुरबाट आलुको बोराभित्र राखेर भारतबाट नेपाल ल्याउँदै गरेको स्रोत नखुलेको ८३ लाख ६४ हजार ५ सय रुपैयाँ मंगलबार बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
प्रहरीले उक्त घटनामा संलग्न दुई जनालाई पक्राउ गरेको छ । ज ७ प ५००७ नम्बरको मोटरसाइकलमा बोरामा स्रोत नखुलेको उक्त रकम ल्याउने जनकनन्दनी गाउँपालिका ५ का १९ वर्षीय राजेश मण्डल र ३६ वर्षीय ईश्वर मण्डललाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको छ ।
स्रोत नखुलेको ८३ लाख नेपाली रुपैयाँ सहित दुई पक्राउ

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
