२०८३ असार १३, शनिबार
June 27, 2026
२०८३ असार १३, शनिबार
June 27, 2026 Saturday
- ADVERTISEMENT -

ओलीलाई वाम एकता तालमेल गर्न नारायणकाजीको प्रस्ताव

प्रकाशित मिति : २०७९ असार ३२ गते

काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले आउने चुनावमा पार्टी एकता नभए पनि एमाले र माओवादीबीच तालमेल गर्न प्रस्ताव राखेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीसमेत उपस्थित मन्चबाट माओवादी नेता श्रेष्ठले वाम तालमेलको प्रस्ताव राख्दा अधिकांश एमाले कार्यकर्ता उपस्थित हलबाट लगातार ताली बजेको थियो ।

नेपाल चीन मैत्री समाजले शनिबार नेपालको भूराजनीतिक अवस्थाको बारेमा आयोजना गरेको कार्यक्रममा नेता श्रेष्ठले देश जोगाउन वामपन्थी एकता र कमसेकम तालमेल तथा संयुक्त मोर्चातर्फ जानैपर्ने बताए । उनले नेकपा एकता जोगाउन नसकेकोमा आफू पनि भागीदार रहेको भन्दै सोही मञ्चबाट आत्मालोचनासमेत गरे ।

- ADVERTISEMENT -

Advertisement

श्रेष्ठले भने, ‘कमरेड केपी ओली यही हुनुहुन्छ । सबैसँग विनम्रतापूर्वक आग्रह गर्छु । तुम शेर तो हम सवा शेर भन्ने छाडौं । घटनाक्रमको विषयवस्तुमा गम्भीर आत्मसमीक्षा गरौं ।प्रतिनिधिसभा विघटनमा के भयो ? १९ बुँदे आरोपपत्रमा के भएको हो ? क–कसको के भूमिका थियो, समीक्षा गरौंला । तर, अहिले एकता नहोला तालमेल गरेर जाऔं ।’

श्रेष्ठले वामपन्थीहरु एकापसमा लड्दा कम्युनिस्ट आन्दोलन सिद्धिने र त्यसको असर मुलुकको देशभक्तिपूर्ण आन्दोलन कमजोर भएर देश संकटमा पर्ने बताए ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.74
151.34
European Euro
1
171.24
171.92
UK Pound Sterling
1
198.70
199.49
Swiss Franc
1
185.71
186.45
Australian Dollar
1
103.99
104.40
Canadian Dollar
1
105.90
106.32
Singapore Dollar
1
116.24
116.71
Japanese Yen
10
9.32
9.35
Chinese Yuan
1
22.17
22.26
Saudi Arabian Riyal
1
40.15
40.31
Qatari Riyal
1
41.37
41.54
Thai Baht
1
4.52
4.54
UAE Dirham
1
41.04
41.21
Malaysian Ringgit
1
36.61
36.76
South Korean Won
100
9.77
9.81
Swedish Kroner
1
15.48
15.54
Danish Kroner
1
22.91
23.00
Hong Kong Dollar
1
19.23
19.30
Kuwaity Dinar
1
489.57
491.52
Bahrain Dinar
1
399.81
401.41
Omani Rial
1
391.55
393.11