मकवानपुर / मकवानपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्सा जिल्लाको जगनाथपुर गाउँपालिका–४ घर भएका २८ वर्षीय नन्दु राम हजारा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार, शनिबार जिल्लाको मकवानपुर गढी गाउँपालिका–३ को राम प्रसाद सञ्जेलको घरको छत ढलान गर्ने क्रममा भाईब्रेसन मेसिन चलाउँदा अचानक करेन्ट लाग्दा उनी गम्भीर घाइते भएका थिए । घाइते उनको उपचारको हेटौंडामा मृत्यु भएको प्रहरीले जनाएको छ ।